‘ए’ डिभिजन लिगः हिमालयन शेर्पा र पुलिसको बराबरी

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा हिमालयन शेर्पा र पुलिस क्लवबीचको खेल बराबरीमा टुंगिएको छ । हिमालयन शेर्पा र पुलिसको खेल एक एक गोलको बराबरीमा टुंगिएको हो ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो मिनेटमा नै हिमालयन शेर्पाका विश्वास श्रेष्ठले गोल गरेका थिए । पहिलो हाफमा एक सून्यको अग्रता लिएको शेर्पाले दोस्रो हाफमा अग्रता कायम राख्न सकेन ।
दोस्रो हाफको ६० औं मिनेटमा पुलिसका लागि सुमन लामाले बराबरी गोल फर्काए ।
पुलिसले दोस्रो हाफमा शेर्पालाई दबाबमा राखे पनि गोल थप्न सकेन भने खेलको अन्तिमतिर ८३ मिनेटमा शेर्पाले पाएको फ्रि किकको सदुपयोग गर्न नसक्दा दुवै टोलीले अंक बाड्न बाध्य भयो ।
शेर्पाका कप्तान विश्वासले दायाँ तर्फबाट प्रहार गरेको फ्रि–किक सोझै पुलिसका गोलकिपर चौधरीले रोकिदिएका थिए ।
बराबरीसँगै सुरुवाती तीन खेलबाट ५ अंक जोडेको पुलिस लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । पहिलो खेलमा आर्मीसँग १–१ गोलको बराबरीमा रोकिएको पुलिसले दोस्रो खेलमा जावलाखेल युथ क्लबलाई १–० को नतिजामा पराजित गरेको थियो ।
समान खेलबाट दुई अंक जोडेको हिमालयन शेर्पा भने लिग तालिकाको १२औँ स्थानमा छ । शेर्पाले पहिलो खेलमा संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा मनाङसँग पराजित भएको थियो ।









विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
प्रतिक्रिया