हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका सीडीएससहित १३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २२ गते १९:०२

काठमाडौं । भारतको तमिलनाडुमा सेनाको हेलिकोप्टर दुर्घटनामा परेका भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतसहित १३ जनाको मृत्यु भएको छ ।
भारतीय एयरफोर्सले सामाजिक सञ्जालमार्फत रावतसहित १३ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
उक्त हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु गरी १४ जना सवार रहेका थिए । तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया