आइतबार, जेठ ४, २०८२

सुटमालाका सीईओ राज कार्की प्रधानमन्त्रीबाट सम्मानित

मेरोन्यूज २०८२ जेठ ३ गते २१:१३

काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा व्यवसायी सम्मानबाट कार्की सम्मानित भएका हुन् । नेपालभरीका टेलरिङ क्षेत्रको प्रतिनिधीत्व गर्दै कार्कीलाई सम्मानित गरिएको हो ।

राज कार्की नेपाली सिलाई उद्योगमा संघर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडी बढाईरहेका छन् । उनले बिगत ७ वर्षदेखी सञ्चालन गरिरहेको बागबजारस्थित सुटमाला आधुनिक, वातावरणमैत्री र नविनतम सोच बोकेको ब्राण्ड हो ।

कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभई उद्यमशिलताको एक स्कुलका रुपमा स्थापित गर्न चाहन्छन् । उनको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र नेतृत्व क्षमता विकासको मान्यतालाई आगाडी सारेको छ ।  

स्वदेशमा नै लगानी सुनिश्चित गरी उद्यमशिलताको प्रवर्दन गर्ने तथा मुलुकमा रोजगारी सिर्जनामार्फत स्वाधिन आत्मनिर्भर, उन्नतशील, समुन्नत र सम्बृद्धि अर्थतन्त्र निर्माणका लागि पु¥याएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै युवा व्यवसायी सम्मान प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा कार्की लगायत अन्य दस जना विभिन्न क्षेत्रका व्यवसायीहरु सम्मानित भएका हुन् । स्वदेशमा लगानी, उद्यमशिलता प्रवद्र्धन र रोजगारी सिर्जनामा अतुलनीय योगदानको कदरस्वरुप उक्त सम्मान प्रदान गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागले कार्यक्रमको आयोजना गरेको हो । विभागका प्रमुख कुवेर अधिकारीले स्वदेशमा रहेर लगानी तथा उद्यमशिलतामा सक्रि युवाहरुलाई थप उर्जा प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित उद्यमीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । ‘मिहिनेत र लगनशिलताले मानिसलाई सफलता दिन्छ ।’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘काम र अनुभवले मानिसले नेतृत्वमा पु¥याउँछ ।’

प्रतिक्रिया