नवलपुरमा ‘नो लालपूर्जा, नो भोट’ अभियान

नवलपुर । पूर्वी नवलपरासीमा पनि ‘नो लालपूर्जा, नो भोट’ अभियान थालिएको छ ।
नेपाल बसोबास बस्ती संरक्षण समाजले ‘नो लालपूर्जा, नो भोट’ अभियान सञ्चालन गरेको हो ।
नेपाल बसोबास बस्ती संरक्षण समाज जिल्ला कार्य समिति नवलपुरको आयोजनामा बुधबार नवलपुरको देवचुलीमा सुकुम्बासीहरुले प्रदर्शन गरेका थिए ।
देवचुली नगरपालिकाको देलदलेदेखि नगरपालिकासम्म नो लालपूर्जा नो भोट लेखिएको प्लेकार्ड, ब्यानरसहित सुकुम्बासीहरुले र्याली निकालेका थिए । र्यालीपछि देवचुली नगरपालिकामा विरोध कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले अब पनि जनतालाई भोटका लागि मात्रै लालपूर्जा दिन्छु भनेर छुक्काउने नेताहरुलाई बहिस्कार गर्ने र अबको चुनाव बहिस्कार गर्ने सम्मको चेतावनी दिए ।
यस्तै, नेपाल बसोबास बस्ती संरक्षण समाज जिल्ला कार्य समिति नवलपुरका अध्यक्ष टिकाराम काफ्लेले नेपालमा चुनावका बेला नेताहरुले धेरै पटक भूमिहिन तथा सुकुम्बासीहरुलाई जग्गा र जग्गाधनि लालपूर्जा दिलाई दिने आश्वासन दिएर भ्रम छर्ने गरेको बताए ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया