नवलपुरमा ‘नो लालपूर्जा, नो भोट’ अभियान

नवलपुर । पूर्वी नवलपरासीमा पनि ‘नो लालपूर्जा, नो भोट’ अभियान थालिएको छ ।
नेपाल बसोबास बस्ती संरक्षण समाजले ‘नो लालपूर्जा, नो भोट’ अभियान सञ्चालन गरेको हो ।
नेपाल बसोबास बस्ती संरक्षण समाज जिल्ला कार्य समिति नवलपुरको आयोजनामा बुधबार नवलपुरको देवचुलीमा सुकुम्बासीहरुले प्रदर्शन गरेका थिए ।
देवचुली नगरपालिकाको देलदलेदेखि नगरपालिकासम्म नो लालपूर्जा नो भोट लेखिएको प्लेकार्ड, ब्यानरसहित सुकुम्बासीहरुले र्याली निकालेका थिए । र्यालीपछि देवचुली नगरपालिकामा विरोध कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले अब पनि जनतालाई भोटका लागि मात्रै लालपूर्जा दिन्छु भनेर छुक्काउने नेताहरुलाई बहिस्कार गर्ने र अबको चुनाव बहिस्कार गर्ने सम्मको चेतावनी दिए ।
यस्तै, नेपाल बसोबास बस्ती संरक्षण समाज जिल्ला कार्य समिति नवलपुरका अध्यक्ष टिकाराम काफ्लेले नेपालमा चुनावका बेला नेताहरुले धेरै पटक भूमिहिन तथा सुकुम्बासीहरुलाई जग्गा र जग्गाधनि लालपूर्जा दिलाई दिने आश्वासन दिएर भ्रम छर्ने गरेको बताए ।

















वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया