बिहीबार, पुष ३, २०८२

कांग्रेसको अन्तिम केन्द्रीय कार्य समिति बैठक बस्दै

मेरोन्यूज २०७८ मंसिर २३ गते ७:५२

काठमाडौँ । आगामी शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको हो । बैठक बिहीबार बिहान साढे ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ । शुक्रबारदेखि सुरु हुने महाधिवेशनले नयाँ कार्य समिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्य समितिको अन्तिम बैठक हो ।

कांग्रेसको १४ औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा उदघाटन हुँदै छ । उदघाटनसत्रपछि सुरु हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया