आइतबार, पुष ६, २०८२

धनगढीका मेयर र उपमेयरद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी

मेरोन्यूज २०७८ मंसिर २३ गते १८:५३

कैलाली । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) र उपप्रमुख शुशिला मिश्र भट्टले सुदूरपश्चिम (महिला)केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् । मेयर वडले पार्टी सुदृढीकरण, शसक्त र प्रभावकारी बनाउन आफनो उम्मेदवारी घोषणा गरेको बताए ।

काठमाडौंमा बिहीबार केन्द्रीय सह–महामन्त्रीका आंकाक्षी मीन विश्वकर्मासँगै मेयर वडले उम्मेदवारी घोषणा गरेका थिए । नगरप्रमुख वडले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणासंगै उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई मतदानको लागि समेत अपिल गरेका छन् । पार्टीमा पूनर्जागरण, रूपान्तरण र समाबेसी तथा महिलाको अर्थपूर्ण सहभागिताको लागि आफुले सुदूरपश्चिम प्रदेश (महिला तर्फ)केन्द्रिय सदस्यमा उम्मदवारी दिएको भट्टले बताइन् ।

केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणसंगै उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुलाई मतदानको लागि समेत अपिल गरेकी छन् ।

प्रतिक्रिया