धनगढीका मेयर र उपमेयरद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी

कैलाली । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) र उपप्रमुख शुशिला मिश्र भट्टले सुदूरपश्चिम (महिला)केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् । मेयर वडले पार्टी सुदृढीकरण, शसक्त र प्रभावकारी बनाउन आफनो उम्मेदवारी घोषणा गरेको बताए ।
काठमाडौंमा बिहीबार केन्द्रीय सह–महामन्त्रीका आंकाक्षी मीन विश्वकर्मासँगै मेयर वडले उम्मेदवारी घोषणा गरेका थिए । नगरप्रमुख वडले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणासंगै उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई मतदानको लागि समेत अपिल गरेका छन् । पार्टीमा पूनर्जागरण, रूपान्तरण र समाबेसी तथा महिलाको अर्थपूर्ण सहभागिताको लागि आफुले सुदूरपश्चिम प्रदेश (महिला तर्फ)केन्द्रिय सदस्यमा उम्मदवारी दिएको भट्टले बताइन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणसंगै उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुलाई मतदानको लागि समेत अपिल गरेकी छन् ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
प्रतिक्रिया