मीनेन्द्र रिजालले महामन्त्रीको घोषणा गदै भने – ‘नेतृत्वमा नयाँ अनुहार ल्याउनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका महामन्त्रीका आकाक्षी डा मीनेन्द्र रिजालले कांग्रेस नेतृत्वमा पुरानै अनुहार लिएर चुनावमा जाँदा जनताले नपत्याउने बताएका छन् ।
शुक्रबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गरेर रिजालले रिजालले १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि उमेदवारी घोषणा गरे ।
सोही घोषणा कार्यक्रममा नतो रिजालले पुरानै अनुहार लिएर चुनावमा जाने निर्णय कांग्रेसका लागि घातक हुन सक्ने बताएका हुन् ।
सहज रूपमा मुलुकलाई आम निर्वाचनसम्म पुर्याउनु वर्तमान सरकारको अभिभारा भएको पनि बताए ।
उनले भने, ‘अहिले देखिएका अनुहार पार्टी नेतृत्वमा देखिए जनताले पत्याउँदैनन् । त्यस कारण पार्टीले नयाँ अनुहार ल्याउनुपर्छ । ’ शेरबहादुर देउवा दोहोरि नहुने उनले तर्क समेत गरे ।
उनले प्रधानमन्त्रीको रूपमा शेरबहादुर देउवाप्रति आफ्नो समर्थन भए पनि पार्टीभित्र सभापतिको रूपमा फरक मत रहेको बताए । रिजाल रक्षा मन्त्री समेत हुन् ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया