एक करोड ६५ लाख भ्रष्टाचार गर्ने अधिकृतविरुद्ध मुद्दा दायर
मेरोन्यूज
२०७८ मंसिर २४ गते ११:५०

काठमाडौँ । अर्थ मन्त्रालयको तत्कालीन शाखा अधिकृत उद्वव प्रसाद थपलियाविरुद्ध मुद्दा दायर भएको छ । उनले करिब एक करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अहिले अवकाश पाइसकेका थपलियाले आफू पदमा रहँदा अवैध सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले छानविन गरेको थियो । करिब ३५ वर्ष सार्वजनिक पदमा बसेका उनको वैध आय करिब एक करोड तीन लाख रहेको समेत आयोगले जनाएको छ ।
उनले एक करोड ६४ लाख ८९ हजार रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । उनमाथि भ्रष्टाचार गरेको रकम बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ ।
सम्बन्धित
















जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया