ओलीले लिङदेनलाई भने– भर्खर जन्मिएको बाच्छो हिँड्न जान्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भर्खर जन्मिएको बाच्छो हुँदा हिड्न नजानेको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मन्तब्य राख्ने क्रममा ओलीले लिङ्देनको अभिब्यक्तिलाई प्रतिवाद गर्दै आलोचनात्मक टिप्पणी गरेका हुन् । ओलीले भर्खर भर्खर अध्यक्ष जितेको भएर लिङदेनले बोल्न नजानेको टिप्पणी गरे । ‘उहाँले विस्तार सिक्दै जानु होला । भर्खर भर्खर हिडेको बाछो रापतापमा हुन्छ । भर्खर भर्खर सभापतिमा छानिएको छ । अलि समयपछि ठिक ठाउँमा आउँला भन्ने लागेको छ । ’ ओलीले भने ।
अध्यक्ष ओलीले देशमा विकास भएको बताएका छन् । ओलीले नेपाल जहाँ रहेको थियो, त्यही नरहेको बताए । उनले देश विकासमा, स्थायित्व, सामाजिक न्यायका पक्षमा कांग्रेससँग एमालेले सहकार्य गरेको बताए । नेपालमा कांग्रेस र एमाले दुई पार्टी रहेको भन्दै ओलीले नेपालमा राणाशासनको अन्त्यदेखि नेपालमा संघीय गणतन्त्रको संविधान ल्याउनसम्म कांग्रेस र एमालेले सँगै सहकार्य गरेको बताए ।
उनले शेर बहादुर देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता हुन पनि शुभकामना दिए । यस्तै अध्यक्ष ओलीले साना दललाई कांग्रेसले हात समाउन छाड्ला भन्ने डर लागेको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई लक्षीत गरेर कांग्रेसले हात समात्न छाड्छ कि भनेर उनीहरू डराइरहेको टिप्णी गरे ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया