कांग्रेसको मञ्चमा ओली बोल्दाबोल्दै माइक बन्द भएपछि…
मेरोन्यूज
२०७८ मंसिर २४ गते १७:०८

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बोल्दाबोल्दै माइक केही समय बन्द भएको छ ।
ओलीले कांग्रेसलाई शुभकामना दिने क्रममा एक्कासी माइक बन्द भएपछि केही समय कुरे भने माइकमा औंलाले ठोक्दै ओलीले कुरे पनि साउण्ड नआएपछि उनी बाहिरिएका थिए ।
उनले ‘अब देउवाजीलाई बोल्ने अवसर दिऊँ। कांग्रेसलाई शुभकामना’ भन्दै माईक छोडेका थिए । तर, कार्यक्रम सञ्चालक कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फेरि ओलीलाई सम्बोधन गर्न पोडियममा बोलाएका थिए । पोडियममा फर्किएका ओलीले एक मिनेट जति बोल्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्र हैन सरकारको नेता हुन पनि शुभकामना दिएका हुन् ।
सम्बन्धित
















महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
नेपाल ‘ए’ ओमानसँग पराजित
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया