सोमबार, पुष ७, २०८२

कांग्रेसको मञ्चमा ओली बोल्दाबोल्दै माइक बन्द भएपछि…

मेरोन्यूज २०७८ मंसिर २४ गते १७:०८

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बोल्दाबोल्दै माइक केही समय बन्द भएको छ ।

ओलीले कांग्रेसलाई शुभकामना दिने क्रममा एक्कासी माइक बन्द भएपछि केही समय कुरे भने माइकमा औंलाले ठोक्दै ओलीले कुरे पनि साउण्ड नआएपछि उनी बाहिरिएका थिए ।

उनले ‘अब देउवाजीलाई बोल्ने अवसर दिऊँ। कांग्रेसलाई शुभकामना’ भन्दै माईक छोडेका थिए । तर, कार्यक्रम सञ्चालक कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फेरि ओलीलाई सम्बोधन गर्न पोडियममा बोलाएका थिए । पोडियममा फर्किएका ओलीले एक मिनेट जति बोल्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्र हैन सरकारको नेता हुन पनि शुभकामना दिएका हुन् ।

प्रतिक्रिया