रमेश खरेलद्वारा ‘नेपाल सुशासन पार्टी’ घोषणा

काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताए । पूर्व डिआईजी खरेलले देशमा अहिले कुशासन व्यप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए ।
पूर्व डिआईजी खरेलले भने, ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शीरमा राख्छौँ । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएका छौँ । अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ । कुशासनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको छ । हामी यसरी नयाँ पार्टीको हिसावले स्थापित हुन बाध्य भयौँ । देशमा समृद्धि भएको छैन । राजनीति गर्नेहरुलाई म राजनीतिक पेशाकर्मी भन्छु । हामी पनि राजनीतिकर्मी हुन्छौँ । मैले सबै साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन । राजनीतिमा लागेकाहरु पेशाकर्मी भए, मेवा खाए, नागरिकहरुलाई केही वास्ता गरेनन् । हामी तपाईहरुलाई कहिल्यै पनि धोका दिँदैनौँ ।’
पूर्व डिआईजी खरेलले सेवा गरेर मेवा खाने नभइ सेवा मात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताए । उनले सबै नागरिकको चासो र आवश्यक्तलाई ध्यानमा राखेर जनतालाई धोका नदिने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए ।
















गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया