सोमबार, पुष ७, २०८२

हडबडमा महाधिवेशन गर्नुपर्योः रामचन्द्र पौडेल

मेरोन्यूज २०७८ मंसिर २४ गते १८:३५

काठमाडौं । नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलले हडबडमा महाधिवेशन गर्नुपरेको बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनको काठमाडौंको भृकुटीमण्डपमा जारी उदघाटन सत्रमा बोल्दै उनले महाधिवेशनमा नीति र सिद्धान्तकोबारेमा छलफल हुन नसकेको बताए ।

‘आज महाधिवेशनमा हामीले नीति सिद्धान्तका बारेमा बारेमा छलफल गर्नुपर्ने थियो । त्यसमा छलफल हुन सकेन’, पौडेलले भने अहिले हडबडमा अधिवेशन सम्पन्न गर्नुपरेको छ । विधि पुर्याउन मात्रै अधिवेशन गर्नुपरेको छ ।’

कांग्रेस बरिष्ठ नेता पौडेलले आफ्नै पार्टी नेतृत्वको सरकार गतिहिन अवस्थामा रहेको बताए । ‘संसद चल्न सकेको छैन । सर्वोच्च अदालत अस्तब्यस्त छ । सरकार गतिहिन अवस्थामा छ ।’– पौडेलले भने ।

पौडेलले कम्युनिस्ट भन्दा कांग्रेस किन पछाडि पर्यो भनेर आत्मसमीक्षा गर्नुपर्नेमा पनि जोड दिए । पार्टीभित्र नै आन्तरिक लोकतन्त्र विकास गर्न जरुरी रहेको पनि पौडेलले बताए ।

उनले पार्टीलाई विकृतिको अखडा बनाउन खोजिएको पनि आरोप लगाए ।

पौडेलले भर्खरै महाधिवेशन गरेको प्रतिपक्षीहरुको अवस्था अहिले पनि राम्रो रहेको बताए । उनले एमालेसँग प्रतिष्पर्धा गर्नुपरेको पनि उल्लेख गरे ।

पौडेलले प्रतिगमनकाविरुद्धको आन्दोलनको शुरुवात आफूले गरेकै कारण शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताए । आफूले प्रतिगमनविरुद्धको आन्दोलन दमौलीबाट शुरु गरेको पनि उल्लेख गरे ।

तर संघर्ष गरेर आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाए पनि कति जनतालाई आश्वास्त पार्न सकेका छौं भन्ने कुरा ध्यान दिन जरुरी रहेको पौडेलको भनाई छ ।

प्रतिक्रिया