उदघाटन समारोहमै देउवाले भोट मागे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट पनि आफूलाई नेतृत्व जिताउन अपिल गरेका छन् ।
पार्टीको शुक्रबारबाट काठमाडौंमा शुरु भएको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै देउवाले खुला रुपमै भोट मागेका छन् ।
थोरै समय मात्रै लिएका देउवाले आफूलाई फेरि पनि एक भोट दिएर जिताउन आग्रह गरे । ‘मलाई एक भोट दिएर जिताउनुस् । मलाई साथ दिनुस् । फेरि पनि कांग्रेसकै सरकार बताउँछौं ।’ – देउवाले भने ।
‘एउटा कुरा स्पष्ट भन्न चाहन्छु भने–जुन दिन मेरो सरकार बन्यो । त्यो भन्दा अगाडिको दिन हेर्नुस । कस्तो थियो–डर त्रास । देशभरी कस्तो अवस्था थियो ? र म प्रधानमन्त्री भएको भोलिपल्टै सारा मानिसहरुलाई मुक्ति पाएजस्तो भयो । साना मानिसहरुले ओलीको शासनबाट मुुक्ति पाए । त्यस्तो अवस्था थियो । त्यस्तो अवस्थाबाट अव हाम्रो अगाडि त्यो मुक्ति जो पाएका छौं–त्यसलाई बचाउने हो कि नबचाउने हो ?’– देउवाको प्रश्न थियो ।
उनले निर्वाचन सम्म आफ्नो नेतृत्वको सरकार रहिरह्यो भने स्थानीयदेखि केन्द्रीय सरकार पनि कांग्रेसको हुने दाबी गरे ।
‘कांग्रेस सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ । कांग्रेस सरकार रहिरह्यो भने केन्द्रीय सरकार कांग्रेसकै हुनेछ ।’– देउवाले भने ।
‘काँग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार काँग्रेसको हुनेछ । काँग्रेसको सरकार रहिरह्यो भने राष्ट्रिय सरकार काँग्रेसको हुनेछ । त्यसका लागि एक पटक मलाई जिताई दिनुहोस् । म कुनै पनि हालतमा यो डरत्रास मुक्त शासन ल्याएर छाडिन्छ । नेपालमा डरत्रासमुक्त शासन ल्याइन्छ । ओलीजस्ता कुनै पनि डरत्रासको शासनबाट मुक्त गरेर डर त्रासबाट मुक्त शासन बनाएर नेपालमा काँग्रेसको सरकार बनाउछु, बनाउछु, बनाउछु, तपाईहरु मलाई साथ दिनुहोस् ।’– देउवाको भनाइ थियो ।
‘तलदेखि माथिसम्म कांग्रेसले जित्छ, त्यो जिम्मा मेरो भयो ।’ –देउवाले भने । अन्तिम वक्ताका रुपमा देउवालाई बोलाइएपछि देउवा आउँदै गर्दा देउवा पक्षधरहरुले देउवाका पक्षमा नाराबाजी गरेका थिए ।
बोल्न शुरु नगर्दै देउवाले नारा नलगाउन पनि आग्रह गरे । उनी बोल्दै गर्दा पनि देउवा पक्षमा नारा लगाउन थालेपछि देउवाले ‘ भयो भयो त्यसो नगर्नुस्, त्यसो नगर्नुस्’ भनेका थिए ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया