कैलालीमा भरुवा बन्दुक र गोलीसहित ३ जना पक्राउ
मेरोन्यूज
२०७८ मंसिर २४ गते १९:१०

कैलाली । कैलालीमा भरुवा बन्दुक र गोलीसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–७ हिम्मतपुरमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।
पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको चालक घोडाघोडी नगरपालिका–३ का ३५ वर्षीय अजय चौधरीले चलाएको से.३ प ७७९२ मोटरसाईकल पछाडी एक थान दुई नाले भरुवा बन्दुक र ८ थान गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताए ।
उनका अनुसार सोही ठाउँका तुल्सीराम चौधरीले चलाएको से.२ प ९८७७ नम्बरको मोटरसाईकल पछाडी सवार ५५ वर्षीय दयाराम चौधरीले पनि लुकाएर एक थान चक्कु, बन्चरो र टर्चलाईट बरामद गरिएको हो ।
उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया