‘ए’ डिभिजन लिगः मनाङ शीर्ष स्थानमा
मेरोन्यूज
२०७८ मंसिर २४ गते २०:३७

काठमाडौं । मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले पराजित गर्दै मनाङ शीर्षस्थानमा उक्लिएको हो । ए डिभिजन लिगको जारी खेलमा मनाङ अपराजित छ ।
शुक्रबार भएको खेलमा मनाङको जीतमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले गोल गरे ।
मनाङको ४ खेलबाट १० अंक पुगेको छ ।
यस्तै, शुक्रबार नै भएको खेलमा दोस्रो विभागीय टिम त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले एक एक गोल गरे ।
यस जितसँगै आर्मीले ४ खेलमा ८ अंक जोडेको छ ।
सम्बन्धित


















जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया