पौडेल समूहमा कुरा मिलेन, प्रकाशमान र शेखर बैठकस्थलबाट बाहिरिए

काठमाडौं । संस्थापनइतर समूहले पाँच दिनदेखि पटक पटक साझा उमेदवार तय गर्ने विषयमा बैठक बसे पनि असफल भएको छ ।
शुक्रबार साँझ महाधिवेशनको उद्घाटन समारोह सकिए लगत्तै बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकले पनि साझा उमेदवार तय गर्न असफल भएको हो ।
उक्त बैठकमा दुई नेता प्रकाशमान सिंहले सभापति अडान नछाडेपछि साझा उम्मेदवारको प्रयास असफल भएको हो ।
कुरा नमिल्ने देखिएपछि सिंह बैठकस्थलबाट बाहिरिएका छन् । शेखर कोइरालाले रामचन्द्र पौडेललाई साझा उम्मेदवार समर्थन गर्ने बताएपनि सिंहले अडान नछोडेपछि साझा उमेदवार तय गर्न पौडेल समूहलाई सकस परेको छ ।
डा. शंशाक कोइरालाले भने यसअघि नै रामचन्द्र सभापतिको उम्मेदवार बनाउनका लागि आफू पछाडि हटेको यसअघिकै बैठकमा बताएका थिए ।
पौडेल समूहको बैठकबाट प्रकाशमान नै हिँडेपछि अन्य नेताहरु पनि क्रमशः बाहिरिएका छन् । नेता शेखर कोइराला पनि एकछिनमा आउनेभन्दै बैठकबाट बाहिरिएका छन् ।
संस्थापन समूहबाट पुनः शेरबहादुर देउवाले नै म्मेदवारी दिँदैछन् । शुक्रबार महाधिवेशनको उदघाटन समारोहमा नै देउवाले आफूलाई फेरि एकपटक सभापति जिताउन महाधिवेशन प्रतिनिधिमाझ अपिल गरेका थिए ।
















कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया