तपाईंको यो साता कस्तो ? हेर्नुहोस् राशीफल

आज २०७८ साल मंसिर महिनाको २५ गते शनिबार । राशिअनुसार यस साता यस्तो रहने छ ।
मेष
यस राशिका व्यक्तिहरुलाई यस साता औसत खालको रहने छ । खासगरी आर्थिक क्षेत्र सन्तुलित रहने छ भने मान सम्मान प्राप्त हुने छ । पेशागत जीवनमा पनि उन्नति प्रगतिका अवसरहरु प्राप्त हुने छन् । पारीवारिक जीवनमा भने झैझगडा र बिबादका क्रमहरु देखिने छन् । सामाजिक स्वभाव हुँदा हुँदै पनि समाजले उचित रुपमा नबुझ्दा निराशाको भाव उदय हुन जाने छ । स्वास्थ्य समस्याले थिच्ने छ ।
वृष
यस राशिका व्यक्तिहरुलाई यस साता औसत खालको रहने छ । आर्थिक क्षेत्र अनुकुल रहने छ । तर खर्चको अवस्था पनि धेरै नै हुन जाने छ । पेशागत जीवनमा पनि केही सन्तोषजनक अवस्था रहने छ । मनमा भने निराशाको अवस्थाहरु कायम नै रहने छ । पैतृक सम्पत्तिको विषयलाई लिएर परिवारमा द्वन्दात्मक वातावरण आउने छ । दाम्पत्य जीवनमा भने मधुरता रहने छन् ।
मिथुन
यस राशिका व्यक्तिहरुलाई यस साता चुनौतिपूर्ण अवस्थाबाट गुज्रनु पर्ने छ । विभिन्न सामाजिक कार्यमा सहभागि हुनु पर्ने छ । भोज तथा पार्टीहरुमा सहभागि हुन पाइने छ । मिठा मिठा खानेकुरा उपभोग गर्ने अवसर मिल्ने छ । स्वास्थ्य अवस्थामा भने सन्तुलन बिग्रन जाने छ । कडा शैलीको मानिस हुने हुँदा यसले हानि निम्त्याउने छ । विदेश यात्रामा समस्याहरु देखिने छन् । आर्थिक चक्र सन्तुलित रहने छ । परिवारमा झैझगडाको अवस्था आउने छ ।
कर्कट
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक अवस्थामा रहने छ । आँटेका कामहरु अघि बढ्ने र नतिजा प्राप्त हुने छ । पेशागत जीवनमा नयाँ नयाँ उपलब्धिहरु प्राप्त हुने छन् । निर्णय क्षमतामा भने अन्यौलताको अवस्थाबाट गुज्रनु पर्ने छ । प्रेममा सफलता प्राप्त हुने छ । बन्धुहरुसँग मिलन हुने छ सामाजिक उत्तरदायित्व वहन गर्न मन लाग्ने छ ।
सिंह
यस राशिका व्यक्तिहरुलाई यस साता औसत प्रकृतिको अवस्थाबाट गुज्रने छ । आर्थिक अवस्थामा बढोत्तरी हुने छ । सँगै खर्चको मात्राहरु पनि बृद्धि हुन जाँदा बचतको मात्रा भने बढ्न सक्ने छैन् । निकै जोखिमले भरिएका कामहरु गर्न मन लाग्ने छ । बोलीको प्रभाव बढ्ने भए पनि कडा खालको रिसालु व्यक्ति हुँदा अरुले असजिलो महशुस गर्ने छन् । विश्वास पात्रहरुले धोका दिने चुनौति देखिन्छ ।
कन्या
यस राशिका व्यक्तिहरुलाई यस साता चुनौतिपूर्ण बन्ने छ । मुद्धा मामिला र प्रशासनिक झमेलाबाट गुज्रनु पर्ने छ । स्वास्थ्य समस्याका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा धाउनु पर्ने छ भने खर्चको मात्रा पनि निकै बढ्न पुग्ने छ । उत्पादकत्वमा कमि आउने हुँदा पेशागत जीवन र आर्थिक कमाईमा गिरावट आउँदा पारीवारिक आर्थिक दबाब खेप्नु पर्ने छ । बोलिमा झिझेपना हुने हुँदा प्रभावहिनता हुने छ । जीवनसाथिको साथले भरोषा प्रदान गर्ने छ ।
तुला
यस राशिका व्यक्तिहरुलाई यस साता मध्यम खालको हुने छ । ख्याल ठट्टात्मक स्वाभाव हुने हुँदा रसिक वातावरण बन्ने छ । मनोरञ्जनात्मक गतिबिधिमा खर्च बढ्न जाने छ । साथिभाइको साथ हुने हुँदा चाहेका कामहरु अघि बढाउन भरोषा मिल्ने छ । अम्दानीमा हुने बृद्धिसँगै खर्चको मात्रा पनि उत्तिकै बढ्न पुग्ने छ । बोली प्रभावकारी हुने हुँदा यसले पेशागत जीवनमा सफलता दिलाउन निकै सहयोग हुने छ ।
वृश्चिक
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक बन्ने छ । सृजनशिल रुपमा समय वित्ने छ । यसबाट कदर पनि प्राप्त हुने छ । पेशागत जीवनमा सफलताहरु प्राप्त हुने र थप जिम्मेबारी पनि प्राप्त हुने अवस्था आउने छ । पुरस्कार तथा कदरहरु प्राप्त हुने योग रहेको छ । आर्थिक रुपमा दृढता बढ्ने छ । परिवारमा शान्तिपूर्ण वातावरण कायम हुने छ । व्यावसायिक गतिविधि प्रति भने धेरै उत्साह रहने छैन् । चिसोले धेरै सताउला ।
धनु
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक नबन्ने देखिन्छ । झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने छ । पारीवारिक किचलोको वातावरण चुलिँदा मानसिक दबाब सृजना हुने छ । पेशागत जीवन भने धेरै असन्तुलन आउने छैन् । आर्थिक अवस्था पनि त्यत्ति प्रतिकुला हुने छैन् । मनमा आउने अनावश्यक विषयका तनावले गर्दा निन्द्रमा असर देखिने छ । सवारीसाधन चलाउँदा ध्यान दिनु होला ।
मकर
यस राशिका व्यक्तिहरुलाई यस साता प्रतिकुल रहने छ । तामसिक चिजहरुतर्फ मन जाने छ । भाग्यले साथ नदिएका कारण चालिएका कदमहरुमा अवरोधहरु एकपछि अर्काे आउने छन् । आफन्तको साथमा विश्वासको कमि हुन जाने छ । खराव मानिसहरुको संगत त्याग्नेतर्फ दृढ निश्चयी रहनु नै उपयुक्त हुने छ । शिक्षामा कमि आउने वा निन्तरतामा अवरोध आउने चुनौति देखिन्छ ।
कुम्भ
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक दिशा प्राप्त हुने छ । जीतमा पनि हारमा पनि एकै खालको स्वाभाव हुने गर्दछ । मनमा आँट र भरोषा उत्पन्न हुने छ । उल्झनहरु समाधानतर्फ जाने छ । परिवारका सदस्यहरुको विश्वास भने पुनः आर्जन हुन सक्ने छैन् । पारीवारिक अविश्वासका कारण समाजबाट पनि सम्मान भन्दा अपमानको अवस्था आउने छ । पेशागत जीवनमा अन्योलता कायम नै रहने छ । आर्थिक दबाब सृजना भए पनि आफन्तको साथमा उपाय सुल्झने छ ।
मीन
यस राशिका व्यक्तिहरुलाई यस साता औसत खालको रहने छ । पेशागत जीवनमा भनाभन र आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । आर्थिक कठिनाईहरु देखा पर्ने छ । मनमा बेचैनी र निराशाले घेर्ने छ । जीवनसाथिको सहयोग र सद्भावले कठिन परिस्थितिलाई व्यवस्थापन गर्न निकै राहत प्रदान गर्ने छ । परिवारमा तनावको अवस्था आउने र यसले वैमनश्यता निम्त्याउने छ । सिजनल रोगले सताउन जाने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया