बुधबार, पुष ९, २०८२

तपाईंको यो साता कस्तो ? हेर्नुहोस् राशीफल

मेरोन्यूज २०७८ मंसिर २५ गते ६:१४

आज २०७८ साल मंसिर महिनाको २५ गते शनिबार । राशिअनुसार यस साता यस्तो रहने छ ।

मेष
यस राशिका व्यक्तिहरुलाई यस साता औसत खालको रहने छ । खासगरी आर्थिक क्षेत्र सन्तुलित रहने छ भने मान सम्मान प्राप्त हुने छ । पेशागत जीवनमा पनि उन्नति प्रगतिका अवसरहरु प्राप्त हुने छन् । पारीवारिक जीवनमा भने झैझगडा र बिबादका क्रमहरु देखिने छन् । सामाजिक स्वभाव हुँदा हुँदै पनि समाजले उचित रुपमा नबुझ्दा निराशाको भाव उदय हुन जाने छ । स्वास्थ्य समस्याले थिच्ने छ ।

वृष
यस राशिका व्यक्तिहरुलाई यस साता औसत खालको रहने छ । आर्थिक क्षेत्र अनुकुल रहने छ । तर खर्चको अवस्था पनि धेरै नै हुन जाने छ । पेशागत जीवनमा पनि केही सन्तोषजनक अवस्था रहने छ । मनमा भने निराशाको अवस्थाहरु कायम नै रहने छ । पैतृक सम्पत्तिको विषयलाई लिएर परिवारमा द्वन्दात्मक वातावरण आउने छ । दाम्पत्य जीवनमा भने मधुरता रहने छन् ।

मिथुन
यस राशिका व्यक्तिहरुलाई यस साता चुनौतिपूर्ण अवस्थाबाट गुज्रनु पर्ने छ । विभिन्न सामाजिक कार्यमा सहभागि हुनु पर्ने छ । भोज तथा पार्टीहरुमा सहभागि हुन पाइने छ । मिठा मिठा खानेकुरा उपभोग गर्ने अवसर मिल्ने छ । स्वास्थ्य अवस्थामा भने सन्तुलन बिग्रन जाने छ । कडा शैलीको मानिस हुने हुँदा यसले हानि निम्त्याउने छ । विदेश यात्रामा समस्याहरु देखिने छन् । आर्थिक चक्र सन्तुलित रहने छ । परिवारमा झैझगडाको अवस्था आउने छ ।

कर्कट
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक अवस्थामा रहने छ । आँटेका कामहरु अघि बढ्ने र नतिजा प्राप्त हुने छ । पेशागत जीवनमा नयाँ नयाँ उपलब्धिहरु प्राप्त हुने छन् । निर्णय क्षमतामा भने अन्यौलताको अवस्थाबाट गुज्रनु पर्ने छ । प्रेममा सफलता प्राप्त हुने छ । बन्धुहरुसँग मिलन हुने छ सामाजिक उत्तरदायित्व वहन गर्न मन लाग्ने छ ।

सिंह
यस राशिका व्यक्तिहरुलाई यस साता औसत प्रकृतिको अवस्थाबाट गुज्रने छ । आर्थिक अवस्थामा बढोत्तरी हुने छ । सँगै खर्चको मात्राहरु पनि बृद्धि हुन जाँदा बचतको मात्रा भने बढ्न सक्ने छैन् । निकै जोखिमले भरिएका कामहरु गर्न मन लाग्ने छ । बोलीको प्रभाव बढ्ने भए पनि कडा खालको रिसालु व्यक्ति हुँदा अरुले असजिलो महशुस गर्ने छन् । विश्वास पात्रहरुले धोका दिने चुनौति देखिन्छ ।

कन्या
यस राशिका व्यक्तिहरुलाई यस साता चुनौतिपूर्ण बन्ने छ । मुद्धा मामिला र प्रशासनिक झमेलाबाट गुज्रनु पर्ने छ । स्वास्थ्य समस्याका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा धाउनु पर्ने छ भने खर्चको मात्रा पनि निकै बढ्न पुग्ने छ । उत्पादकत्वमा कमि आउने हुँदा पेशागत जीवन र आर्थिक कमाईमा गिरावट आउँदा पारीवारिक आर्थिक दबाब खेप्नु पर्ने छ । बोलिमा झिझेपना हुने हुँदा प्रभावहिनता हुने छ । जीवनसाथिको साथले भरोषा प्रदान गर्ने छ ।

तुला
यस राशिका व्यक्तिहरुलाई यस साता मध्यम खालको हुने छ । ख्याल ठट्टात्मक स्वाभाव हुने हुँदा रसिक वातावरण बन्ने छ । मनोरञ्जनात्मक गतिबिधिमा खर्च बढ्न जाने छ । साथिभाइको साथ हुने हुँदा चाहेका कामहरु अघि बढाउन भरोषा मिल्ने छ । अम्दानीमा हुने बृद्धिसँगै खर्चको मात्रा पनि उत्तिकै बढ्न पुग्ने छ । बोली प्रभावकारी हुने हुँदा यसले पेशागत जीवनमा सफलता दिलाउन निकै सहयोग हुने छ ।

वृश्चिक
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक बन्ने छ । सृजनशिल रुपमा समय वित्ने छ । यसबाट कदर पनि प्राप्त हुने छ । पेशागत जीवनमा सफलताहरु प्राप्त हुने र थप जिम्मेबारी पनि प्राप्त हुने अवस्था आउने छ । पुरस्कार तथा कदरहरु प्राप्त हुने योग रहेको छ । आर्थिक रुपमा दृढता बढ्ने छ । परिवारमा शान्तिपूर्ण वातावरण कायम हुने छ । व्यावसायिक गतिविधि प्रति भने धेरै उत्साह रहने छैन् । चिसोले धेरै सताउला ।

धनु
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक नबन्ने देखिन्छ । झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने छ । पारीवारिक किचलोको वातावरण चुलिँदा मानसिक दबाब सृजना हुने छ । पेशागत जीवन भने धेरै असन्तुलन आउने छैन् । आर्थिक अवस्था पनि त्यत्ति प्रतिकुला हुने छैन् । मनमा आउने अनावश्यक विषयका तनावले गर्दा निन्द्रमा असर देखिने छ । सवारीसाधन चलाउँदा ध्यान दिनु होला ।

मकर
यस राशिका व्यक्तिहरुलाई यस साता प्रतिकुल रहने छ । तामसिक चिजहरुतर्फ मन जाने छ । भाग्यले साथ नदिएका कारण चालिएका कदमहरुमा अवरोधहरु एकपछि अर्काे आउने छन् । आफन्तको साथमा विश्वासको कमि हुन जाने छ । खराव मानिसहरुको संगत त्याग्नेतर्फ दृढ निश्चयी रहनु नै उपयुक्त हुने छ । शिक्षामा कमि आउने वा निन्तरतामा अवरोध आउने चुनौति देखिन्छ ।

कुम्भ
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक दिशा प्राप्त हुने छ । जीतमा पनि हारमा पनि एकै खालको स्वाभाव हुने गर्दछ । मनमा आँट र भरोषा उत्पन्न हुने छ । उल्झनहरु समाधानतर्फ जाने छ । परिवारका सदस्यहरुको विश्वास भने पुनः आर्जन हुन सक्ने छैन् । पारीवारिक अविश्वासका कारण समाजबाट पनि सम्मान भन्दा अपमानको अवस्था आउने छ । पेशागत जीवनमा अन्योलता कायम नै रहने छ । आर्थिक दबाब सृजना भए पनि आफन्तको साथमा उपाय सुल्झने छ ।

मीन
यस राशिका व्यक्तिहरुलाई यस साता औसत खालको रहने छ । पेशागत जीवनमा भनाभन र आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । आर्थिक कठिनाईहरु देखा पर्ने छ । मनमा बेचैनी र निराशाले घेर्ने छ । जीवनसाथिको सहयोग र सद्भावले कठिन परिस्थितिलाई व्यवस्थापन गर्न निकै राहत प्रदान गर्ने छ । परिवारमा तनावको अवस्था आउने र यसले वैमनश्यता निम्त्याउने छ । सिजनल रोगले सताउन जाने छ ।

(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया