माओवादी केन्द्रको प्रदेश अधिवेशन सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन सुरु भएको छ । पार्टीले १० वटा प्रदेश बनाएर एकैपटक अधिवेशन सुरु गरेको हो ।
माओवादीले सात भौगोलिक, एक प्रदेश, एक प्रभाससहित १० वटा प्रदेश बनाएर भर्चुअलमाध्याबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् ।
प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन सुरु भएको छ । अधिवेशनले सबै प्रदेशमा नौ पदाधिकारीसहितको नयाँ प्रदेश कमिटी गठन गर्ने भएको हो । प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय चयन हुने व्यवस्था रहेको छ ।
प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति बन्ने छन् । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुने छन् ।










तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया