बुधबार, वैशाख ९, २०८३

पार्टी नेतृत्व गर्न खारिएर मात्रै हुँदैन, धेरै विशेषता चाहिन्छ : नेता सिंह

मेरोन्यूज २०७८ मंसिर २५ गते १४:४०

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले खारिएर मात्रै नेतृत्व हाँक्न नसक्ने बताएका छन् । उनले पार्टी हाँक्न नेतामा विभिन्न विशेषता चाहिने बताए ।

Advertisement
NiccNicc

आफ्नो उम्मेदवारी घोषणासभा कार्यक्रममा बोल्दै सिंहले सभापति शेरबहादुर देउवाको कडा आलोचना गरे । उनले देउवालाई नेता कार्यकर्तामाथि अन्याय गर्ने नेतृत्वको संज्ञा दिए । उनले २७ गते हुने चुनावमा उनलाई भोट हालेमा हामी अन्याय नै सहन तयार छौँ भन्ने सन्देश जाने बताए ।

‘पार्टीमा नेतृत्व गर्न खारिएर मात्रै हुँदैन, अनुभव मात्रै भएर पनि हुँदैन,’ उनले भने, ‘सभापति बन्न धेरै विशेषता हुनुपर्छ, त्यागको भावना हुनुपर्छ, अवसर पाउँदा काम पनि गरेर देखाउनु पर्छ ।’

उनले पार्टीको नेतृत्व लिने क्षमता आफूमा रहेको दाबी गरे ।

प्रतिक्रिया