बोहोरा एमाले केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष चुनिए

काठमाडौँ । नेकपा एमालेका नेता अमृतकुमार बोहोरा पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष चुनिएका छन् ।
शनिवार भक्तपुरमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले बोहोरालाई केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष चयन गरेको हो ।
एमाले केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा सल्लाहकार परिषद अध्यक्ष चयन गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमालेको दसौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठकमा शपथ ग्रहण बाँकी भएका केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आइतबारसम्मका लागि तय गरिएको बैठकमा केन्द्रीय सदस्यहरुको शपथ ग्रहणका साथै महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, पोलिटब्यूरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुनेछ ।
यस्तै, एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसंगठनको सुदृढीकरण अभियान पनि बैठकका एजेन्डामा रहेका छन् ।










थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया