बोहोरा एमाले केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष चुनिए

काठमाडौँ । नेकपा एमालेका नेता अमृतकुमार बोहोरा पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष चुनिएका छन् ।
शनिवार भक्तपुरमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले बोहोरालाई केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष चयन गरेको हो ।
एमाले केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा सल्लाहकार परिषद अध्यक्ष चयन गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमालेको दसौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठकमा शपथ ग्रहण बाँकी भएका केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आइतबारसम्मका लागि तय गरिएको बैठकमा केन्द्रीय सदस्यहरुको शपथ ग्रहणका साथै महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, पोलिटब्यूरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुनेछ ।
यस्तै, एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसंगठनको सुदृढीकरण अभियान पनि बैठकका एजेन्डामा रहेका छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया