वैध माओवादीको विद्यार्थी संगठनले चलायो राजनीतिक प्रशिक्षण

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सिपि गजुरेलले वैचारिक रुपमा स्पात बनेर क्रान्तिकारी विद्यार्थीहरुले अन्याय-अत्याचारका विरुद्ध आन्दोलनको ज्वाराभाट सिर्जना गर्नुपर्ने बताएका छन् । पार्टी निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिले राजधानीको त्रिचन्द्र कलेजमा शनिवार आयोजना गरेको वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गदै नेता गजुरेलले अखिल क्रान्तिकारी नै विधार्थीहरुको भरोसाको केन्द्र भएको बताएका थिए ।
उनले क्रान्तिकारी विद्यार्थीहरु वैचारिक-राजनीतिक रुपमा प्रष्ट, संगठनात्मक रुपमा बलियो भएर जानुपर्ने बताएका छन् । ‘सवै विधार्थीहरु अहिले अखिल क्रान्तिकारीको झण्डामुनि गोलवद्द हुन जरुरी छ । त्यसो हुन सकेमात्र अन्याय र अत्याचारका विरुद्ध विधार्थीहरुले आन्दोलनको ज्वाराभाट सिर्जना गर्न सकिन्छ,’ गजुरेलले विधार्थी नेताहरुलाई प्रशिक्षित गदैं भने ।
कार्यक्रममा वैध निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले विधार्थीहरु नै परिवर्तनका प्रमुख संवाहक भएको भन्दैं शिक्षामा देखिएका विकृति विरुद्ध अखिल (क्रान्तिकारी) चुप लागि नबस्ने बताए । उनले त्रि.वि. सेवा आयोगको विकृति विरुद्धको २९ दिने अनशन र लकडाउनको बेला एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुमार विरुद्ध अमेरीकी दुतावास अगाडि गरिएको कालो झन्डा प्रर्दशन जस्ता कार्यक्रममा अखिल क्रान्तिकारीले आन्दोलनको जेहाद छेडेको बताए ।
उनले जस्तो सुकै संकटमा पनि क्रान्तिकारी विधार्थीहरु सडक संर्घषमा नचुकेको धारणा राखेका छन् ।
अखिल (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष तथा जुझारु विद्यार्थी नेतृ शीलु न्यौपानेले वैचारिक रुपमा अन्य राजनीतिक दल र तिनका विधार्थी संगठनहरु वर्गीय राजनीतिमा स्वखलित भएको बताइन् । वर्ग विर्सेका राजनीतिक दल र तिनका विधार्थी संगठनले अव वर्ग राजनीति र वर्गीय आन्दोलनको उठान गर्न नसक्ने उपाध्यक्ष न्यौपानेले बताइन् ।

‘अहिले क्रान्तिकारी माओवादी र यसको विधार्थी संगठन अखिल क्रान्तिकारी वाहेक अन्य राजनीतिक पार्टी र विधार्थी संगठनहरु वैचारिक रुपमा च्यूत भईसकेका छन्, उनीहरुबाट वर्गीय पक्षधरताको सम्वोधन अव हुन सक्दैन,’ उपाध्यक्ष न्यौपानेले भनिन्,-‘राजनीतिक पार्टीहरुले वर्गीय पक्षधरता, वैचारिक राजनीति विर्सिदै गएका छन् । वर्ग संर्घष , सर्वहारा वर्गको अधिनायकवाद स्थापना गर्ने कम्युनिस्ट चरित्र सरकारी कम्युनिस्ट पार्टीले विर्सिएका छन् । उनीहरु वर्गउत्थान तिर लागेका छन्। अव उनीहरुवाट मुक्ति सम्भव छैन ।’
उपाध्यक्ष न्यौपानेले पुजीवादीहरुले शिक्षामा हालीमुहाली गर्दै शिक्षामा खाडल निर्माण गरेको भन्दै अब विधार्थीहरु सचेत, संगठित हुँदै हरेक स्कुल,कलेज,विश्वविद्यालय मा अखिल (क्रान्तिकारी) को झण्डामुनि गोलवद्द हुनुपर्ने बताइन् ।
कार्यक्रममा क्रान्तिकारीका महासचिव पेशल दाहाल, सचिव महेश श्रेष्ठको पनि उपस्थिती रहेको थियो। कार्यक्रममा विभिन्न पार्टी र विधार्थी संगठन छोडेर क्रान्तिकारी माओवादी र अखिल (क्रान्तिकारी)मा प्रवेश गर्नेहरुलाई नेता सिपि गजुरेल, अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले अविर, खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।
यसरी प्रवेश गर्नेहरुमा कालिकोट जिल्ला पचलि झरनाका राम वहादुर विक,विपिन विक, गोविन्द तिरुबा ,राम विक, पदम विक, नरेन्द्र विक ,मीन कामी, धन बहादुर लगायत रहेका छन् ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया