बद्रीनाथ अभिनव छन्दोवद्ध कविता पुरस्कार दुई स्रष्टालाई
काठमाडौँ । अभिनव साहित्य समाजले बद्रीनाथ अभिनव छन्दोवद्ध कविता पुरस्कारबाट दुई स्रष्टालाई सम्मानित गरेको छ । समाजले २०७७/७८ का लागि उत्कृष्ट कविता प्रस्तुत गर्ने कविहरु क्रमशः बद्रीप्रसाद सुवेदी (बदीबल्लभ विप्र) र सम्पतकुमार काफ्लेलाई नगद पुरस्कारसहित सम्मान अर्पण गरेको हो । दुवै स्रष्टालाई पाँच हजार नगदसहित प्रमाणपत्रले सम्मानित गरिएको हो ।
कवि बद्रीनाथ आचार्य र हालै कोरोना भाइरसका कारण असामयिक निधन भएका साहित्यकार तथा आयुर्वेद विशेषज्ञ शेषराज दीक्षित आचार्यप्रति श्रद्धाञ्जलिसभाको आयोजना गरिएको थियो । दुवै साहित्यकारसहित समाजसेवी बद्री सुवेदीप्रति पनि तस्बिरमा माल्यार्पण, पुष्पार्पण तथा उनीहरुको कृतित्व तथा व्यक्तित्वको बारेमा प्रकाश पार्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
समाजको २३८औँ साहित्यिक शृङ्खलाअन्तर्गत विशेष कवि गोष्ठी पनि गरिएको थियो । समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा विशेष कवि गोष्ठी आयोजना गर्दै आएको छ । कार्यक्रममा प्रा डा रामप्रसाद ज्ञवाली, उपप्रा ज्ञाननिष्ठ ज्ञवाली, गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नारायणबहादुर सुवेदी, समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, उपाध्यक्ष विमल अर्याललगायतले कविता थोरै शब्दमा धेरै कुरा समेटिएको हुनुपर्ने र आकर्षक, सौन्दर्यचेतक तथा युगबोध झल्काउने खालका छोटा रचना समयसापेक्ष हुनेमा जोड दिएका थिए ।
कार्यक्रममा मेनका आचार्य पोखेरेल, रुद्र अधिकारी, सुशील आचार्य, घनश्याम प्रसाइँ, खोलाघरे साइलो, रामेश्वर श्रेष्ठ शैलेन्द्र, पवन सङ्ग्रौला, रामकुमार पण्डित, वसन्त रिजाल, कात्यायन, डिल्लीराज अर्याल, बाजुराम पौडेल, कणाद महर्षि, मञ्जुश्री प्रधान केसी, सीता विष्ट कार्की, महेशकुमार पुडासैनी, अच्युत चालिसे, रेशु गौतमाचार्य, ओम कोइराला, गोविन्द संगतलगायत एकाउन्नजनाले रचना पाठ गरेका थिए ।
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया