यस्तो भयो एमाले पदाधिकारीको बरीयताक्रम
पहिलो नम्बरमा युवराज ज्ञवाली, रामबहादुर थापा (बादल) उपाध्यक्षको तेस्रो बरियतामा

काठमाडौँ । नेकपा (एमाले)ले पार्टी स्थायी कमिटि , पोलिटब्यूरो गठन देखि मनोनित केन्द्रीय सदस्यसम्मको टुग्गो लगाएसँगै असाध्यै चासोका साथ हेरिएको पदाधिकारीहरुको वरीयता क्रम पनि निर्धारण गरेको छ ।
उपाध्यक्षहरु कुन नेताको वरीयताक्रम कसरी निर्धारण होला भन्ने चासोका साथ हेरिएको थियो । त्यसलाई आइतबार वसेको एमालेको केन्द्रीय कमिटिको दोस्रो पूर्ण वैठकले टुग्गो लगाएको हो । जसअनुसार ६ उपाध्यक्षमध्ये पहिलो नम्बरमा युवराज ज्ञवालीलाई राखिएको छ । त्यसपछि अष्टलक्ष्मी शाक्य र त्यसपछिको मर्यादाक्रममा रामवहादुर थापा बादललाई राखिएको छ । बादलपछि क्रमशः उपाध्यक्षहरु विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र अन्तिममा सुरेन्द्र पाण्डेलाई राखिएको छ ।
उपमहासचिवहरुमा पहिलो नम्वरमा प्रदीप ज्ञवालीलाई पहिलो नम्वरमा राखेर अन्य नेताहरुको मर्यादाक्रम तोकिएको छ । सचिवहरुमा भने टोपबहादुर रायमाझीलाई पहिलो नम्बरमा राखिएको छ ।
यस्तो छ पदाधिकारीको वरीयताक्रम
अध्यक्ष
केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष
ईश्वर पोखरेल
उपाध्यक्षहरु
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
रामबहादुर थापा
विष्णु पौडेल
सुवासचन्द्र नेम्वाङ
सुरेन्द्र पाण्डे
महासचिव
शंकर पोखरेल
उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
विष्णु रिमाल
सचिव
टोपबहादुर रायमाझी
लेखराज भट्ट
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
गोकर्ण विष्ट
योगेश भट्टराई
पद्मा अर्याल
















लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया