सिम्खडाको नेतृत्वमा माओवादीको उपत्यका प्रदेश कमिटी निर्वाचित
मेरोन्यूज
२०७८ मंसिर २६ गते २१:३६

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आइतबार सम्पन्न उपत्यका विशेष प्रदेशको प्रथम सम्मेलनले जगत सिम्खडाको नेतृत्वमा प्रदेश कमिटी निर्वाचित गरेको छ ।
सिम्खडाको नेतृत्वमा ८ पदाधिकारी रहने गरी १ सय ४१ सदस्य समिति सर्वसम्मत निर्वाचित भएको हो ।
उपत्यका विशेष प्रदेश समितिमा उपाध्यक्ष कृष्ण केसी, संगीता खड्का र प्रकाश पाण्डे चुनिएका छन् ।
यस्तै, सचिव सुरेन्द्र बस्नेत, सहसचिव गोगन मल्ल, सहसचिव विष्णु थापा र कोषाध्यक्षमा शंकर अधिकारी निर्वाचित भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।
सम्बन्धित









झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया