आइतबार, वैशाख ६, २०८३

कोइलाखानीमा च्यापिँदा एकको मृत्यु

मेरोन्यूज २०७८ मंसिर २७ गते १९:१२

तुलसीपुर । दाङमा कोइलाखानीमा च्यापिँदा एकको मृत्यु भएको छ । आज घोराही उपमहानगरपालिका–१ दाङ्जा भन्ने स्थानमा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने घोराही–१९ निवासी ४६ वर्षीय भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहरीले बताएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार खानीको सुरुङभित्र च्यापिँदा गम्भीर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया