चितवनमा एमसीसी विरुद्ध मशाल जुलुस, मंगलबार चितवन बन्द

काठमाडौँ । चितवनमा एमसीसी विरुद्ध मशाल जुलुस निकालिएको छ । एमसीसी खारेजिको माग गर्दै सोमबार साँझ चितवनमा मशाल जुलुस निकालिएको हो । आज साँझ लायन्स चोकबाट शुरु भएको मसाल जुलुसलाई शुरुआतमै नेकपा क्रान्तिकारी माओवादीका जिल्ला ईन्चार्ज घननाथ सापकोटा विकाशले सम्बोधन गर्दै राष्ट्रघाती एमसिसि सम्झौता पास भए देशमा राष्ट्रिय मुक्ति आन्दोलन हुने बताउदै आफुहरु राष्ट्रिय स्वाधीनताका लागि तालिवान बन्न तयार रहेको चेतावनी दिए ।
लायन्स चोकबाट नाराबाजीसहित शुरु भएको जुलुस बजार परिक्रमा गर्दै पुनः लायन्स चोक आएर कोणसभामा परिणत भएको उक्त सभालाई नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी अशोक शर्माले सम्बोधन गर्दै जनताको छोराछोरीमाथि प्रहरीले दमन गरे जनयुद्धको जनताको हतियारको तागत सम्झाउदै प्रहरीलाई संयमित हुन अनुरोध गरे । उनले भोलिको चितवन बन्द सफल पार्न सबै उद्योगी, व्यवसायी , शैक्षिक संस्था , यातायात , आम चितवनका आम राष्ट्रवादी नागरिक समाज सबै सबैमा आग्रह गर्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरे।
नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (विप्लव), नेकपा (ऋषि कट्टेल), त्रिमुल नेपाल पार्टी , नेकपा मसाल लगायत १३ वटा राजनैतिक पार्टीको आयोजनामा एमसिसि खारेजीको लागि भोलि मंसिर २८ गते चितवन बन्दको घोषणा गरिएको छ ।

















इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया