दुई हजार छ मत गणनाः देउवाले शेखरसँग मतान्तर बढाए

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका लागि जारी मतगणनामा शेरबहादुर देउवाले शेखर कोइरालासँगको मतान्तर बढाउँदै लगेका छन् ।
पाँच प्रतिष्पर्धी रहे पनि देउवा र कोइरालाबीच मुख्य प्रतिष्पर्धा देखिएको छ । राष्ट्रियसभा गृहमा बिहानदेखि सुरु भएको मतगणनाको क्रममा मंगलबार विहान ७ बजेसम्म २ हजार ६ मत गणना हुँदा देउवाले ९५८ मत वाइका छन् भने शेखरले ७ सय २६ मत प्राप्त गरेका छन् ।
अर्का उम्मेदवार प्रकाशमान सिंहले १५३ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ११७ मत मात्रै पाएका छन् ।
पाँचौं स्थामा रहेका कल्याण गुरुङले अहिलेसम्म ६ मत मात्र प्राप्त गरेका छन् ।
चार हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत ल्याउनुपर्ने भएको छ । त्यति मत नआएमा बढी ल्याउने दुई जनाबीच पुन चुनाव हुनेछ ।
आइतबार मध्यान्ह सुरु भएको मतदान राति पौने १२ बजेतिर मात्र सकिएको थियो । कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो ।











राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया