प्रकाशमान फकाउन पुगे बालकृष्ण खाँण चाक्सीबारीमा

काठमाडौं । नेपाली काग्रेसको सभापतिको निर्वाचन दोस्रो चरणमा हुने भएको छ । सभापति पदमा निवर्तमान सभापति शेरबहादुर देउवालाई बहुमतका लागि ८१ मत पुगेन ।
राष्ट्रिय सभागृहमा मतगणना भइरहेको थियो । चार सय मत गन्न बाँकी थियो । जतिबेला देउवालाई सभापति जित्नका लागि २९४ मत आवश्यक देखियो । देउवालाई बहुमत नपुग्ने निश्चित भयो ।
अबको दोस्रो चरणमा देउवालाई प्रकाशमान सिंह वा विमलेन्द्र निधिले समर्थन गरेमा विजयी हुने पहिलो नतिजाले देखाएको छ ।
दोस्रो चरणको निर्वाचनका लागि कांग्रेसमा प्रकाशमान सिंह निर्णायक देखिए ।
विमलेन्द्र निधिले यस अगाडि नै निर्वाचन सकभर दोस्रो चरणमा लैजाने र त्यसवेला देउवाविरुद्ध सवैले मोर्चावन्दी बनाएर लाग्ने वताएका थिए । तर संस्थापन इतर समुहमा रहेका समुहमा विभाजन भई शेखर कोइराला र प्रकाशमान चुनाव भिडेपछि प्रकाशमान भने दोस्रो चरणको चुनावका विषयमा मौन बस्दै आएका थिए ।
सिंह प्रतिष्पर्धाबाट त बाहिरिए । तर अब दोस्रो चरणको चुनावमा उनी कसलाई जिताउने भन्नेमा निर्णायक देखिएका छन् । त्यही कारण देउवाले यता राष्टिय सभागृहमा मतगणना भइरहदा प्रकाशमान फकाउन चाक्सीवारीमा आफना दुतका रुपमा गृहमन्त्री समेत रहेका बालकृष्ण खाँणलाई पठाएका छन् ।
सिंहले देउवा या शेखर कसलाई सहयोग गर्छन् ? यसले कांग्रेसको अब भावी सभापतिको निधो हुने भएको छ ।










बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
मौन पीडामा रहेकी कालिमायाको याचना …
राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया