सोमबार, पुष ७, २०८२

हृदयेश त्रिपाठीले नयाँ पार्टी खोले

मेरोन्यूज २०७८ मंसिर २८ गते १२:४६

काठमाडौं । लामो समय मधेसी पार्टीमा रहेर पछिल्लो समय एमाले निकट भएका हृदयेश त्रिपाठीले नयाँ पार्टी खोलेका छन् ।
उनले पछिल्लो समय आफूलाई स्वतन्त्र राजनीतिक समूह बताउने गरेका थिए ।

काठमाडौंमा मंगलबार एक कार्यक्रम गरी त्रिपाठीले जनता प्रगतिशील पार्टी घोषणा गरेका हुन् । पार्टीको संयोजक त्रिपाठी आफै छन् ।

मधेसका विभिन्न पार्टीका बदलेर झण्डै ४० वर्ष सत्ताको स्वाद लिएका त्रिपाठीले अघिल्लो चुनावमा एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेका थिए ।

प्रतिक्रिया