कांग्रेसमा नयाँ धुव्रीकरण
शेखर एक्लिए, देउवालाई सिंह, निधि र गुरुङको साथ

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका लागि दोस्रो चरणमा हुन लागेको मतदानको पुर्वसन्ध्यामा सभापतिका दावेदार रहेका शेखर कोइराला एक्लिएका छन् । प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई भने पहिलो चरणमा सभापतिका आकांक्षी रहेका नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधिदेखि कल्याण गुरुङसम्मको साथ रहने भएको छ ।
देउवाको नेतृत्ववाट अब कांग्रेस नचल्ने भन्दै उम्मेदवार बनेका नेताहरुले अन्तिम समयमा दुई मात्रै उम्मेदवार रहँदा देउवाकै पक्षमा उभिने निर्णय लिएका हुन् । यो सँगै अब फेरि दोस्रो पटक कांग्रेसका सभापतिमा प्रधानमन्त्री समेत रहेका शेरवहादुर देउवा दोहोरिनेमा करिव निश्चित जस्तै भएको छ ।
पहिलो चरणको मतदानमा देउवालाई जम्मा ८२ मत अपुग भएको थियो । ७७ मत त बदर थियो । तर दोस्रो चरणको चुनावी रेसबाट बहिरिएका अन्य तीनै जना सभापतिका उम्मेदवारले देउवालाई साथ दिने निधो गरेपछि शेखर कोइराला एक्लिएका हुन् । देउवा बलियो उम्मेदवार बनेका हुन् ।
कांग्रेस सभापतिका लागि अहिले दिउँसो साढे ३ वजेदेखि हुने पून: मतदानमा देउवा र शेखर कोइराला प्रत्याशी छन् ।
पहिलो चरणमा ४ हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् २३४० मत आवश्यक थियो । तर, सभापतिका प्रत्याशी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् ।
पहिलो चरणमा देउवाले २२५८, कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गरेका थिए । अब देउवालाई कोइराला वाहेकका अन्य सवै सभापतिका प्रत्याशीले साथ दिने भएपछि देउवा फेरि कांग्रेसको सभापतिमा दोहोरिने लगभग निश्चत जस्तै बनेको हो ।
आफूविरुद्ध बाँकी सबै उम्मेदवार एकताबद्ध भएपछि कोइरालाले आफूनिकट नेताहरूलाई बोलाएर रणनीतिक छलफल थालेका छन् ।
यस अगाडिसम्म देउवा पहिलो चरणमै चुनाव जित्ने रणनीतिमा थिए भने कोइराला लगायतका नेताहरु निर्वाचन दोस्रो चरणसम्म धकेल्ने र त्यसपछि देउवाविरुद्ध सवै उम्मेदवारलाई एकढिक्का बनाएर मोर्चाबन्दी गर्ने तयारीमा थिए । तर परिणाम ठीक उल्टो देउवालाई सबैले साथ दिने र कोइराला एक्लिने गरी कांग्रेसमा नयाँ धुव्रीकरण देखा परेको छ ।
यस्तो बेला अब के गर्ने भन्नेमा शेखर कोइरालाले आफू निकट नेताहरुसँग छलफल गरिरहेका छन् । कतिपय नेताहरुले भने अब देउवासँग सबै नेताहरु मिलिसकेकोले सर्वसम्मत रुपमा देउवालाई नै सभापति छोडिदिने वा के गर्ने भन्नेमा पनि छलफल गर्नुपर्ने बताउन थालेका छन् ।
मत परिमाण आउने वित्तिकै देउवाको दौडधुप
देउवा बिहान साढे ८ बजेको रामचन्द्र पौडेलको चियापानमा सहभागी भए । त्यसलगतै उनी तेस्रो सभापतिका प्रत्यासी प्रकाशमान सिंहलाई भेट चाक्सीबारी पुगे । मतपरिमाण आउनुभन्दाअघि नै देउवाले चाक्सीबारीस्थित सिंह निवासमा बालकृष्ण खाँणलाई पठाए ।
सिंहले सुजता कोइरालासँगको छलफलमा अब हुने दोस्रो चरणको निर्वाचनमा देउवालाई नै समर्थन गर्ने निर्णय भएको बताए । उनले भने, ‘देउवाजीले पार्टीलाई विधिमा चलाउँछु भन्नु भएको छ ।’
सिंहले देशभरका साथीहरुले पनि देउवालाई नै बढी मत दिएको हुँदा आफूले पनि समर्थन गरेको बताए ।
‘प्रकाशमानजी र सुजाताजीले जुन सदासयता, हार्दिकता देखाउनुभयो, मैले दिएको बचन पूरा गर्नेछु, तोड्ने छैन, गर्नेछु’, देउवाले सिहसँगको भेटमा भने, ‘हामी पहिलेका साथी पनि हौँ ।’
सिंह भेटेलगत्तै देउवा निधि निवास पुगे । देउवाले आपूmलाई सभापतिमा सघाउन निधिलाई फोन मार्फत आग्रह गरे । निधिले देउवालाई आफ्नो घरमा चिया खान बोलाए । त्यसपछि देउवा पनि निधि निवास गए । केही समय आफ्नो कार्यकर्तासँगको छलफलपछि बिना सर्त देउवालाई समर्थन गर्ने निर्णय भएको निधिले बताए ।
यसैगरी, कल्याण गुरुङले आफ्ना डेढ सय समर्थकसहित बैठक बसेर देउवालाई समर्थन गर्ने निर्णय गरेको पनि बताएका छन् ।
यता, महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले प्रकाशमान सिंह उभिएको ठाउँमा नै आफू पनि उभिने बताए । ‘सर्वसम्मति सर्वोत्तम । दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु । नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उमेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सहि निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।’
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया