आज तपाईंको राशीफलले के भन्छ ?

आज वि. सं. २०७८ साल मंसिर महिनाको २९ गते बुधबार, मंसिर शुक्लपक्षको द्वादशी तिथि । आज मंसिर महिनाको अन्तिम दिन अर्थात मसान्ती रहेको छ ।
मेष
थोरै प्राप्तिका लागि धेरै मेहनतको चक्र काट्नु पर्ने अवस्था आउने छ । कठिन घडिमा पनि व्यक्तित्व भने दृढ खालकै रहने छ । परिवारमा देखिने तिक्तताले मानसिक रुपमा कठिनाईमा हालि दिने छ । भाग्यले साथ नदिएकाले अपजसहरु आइलाग्ने छ । पेशागत क्षेत्र औसत खालको हुने छ ।
वृष
दृढताको कमिले गर्दा अन्योलग्रस्त व्यक्तित्व बन्ने छ । निर्णय क्षमतामा गिरावट आउँदा यसो गरौँ कि उसो गरौँ भन्ने लागि रहने छ । बोली भने नरम र शितल खालको हुने हुँदा अरुले मन भने पराउने छन् । पेशागत जीवन औसत खालको हुने छ । साझेदारीमा गरिएका काममा बिबाद देखा पर्ने छ । दाम्पत्य जीवनमा पनि हाँसो खुशीको अभाव हुने छ ।
मिथुन
मनोबलमा कमि आउने छ । बोली प्रभावकारी हुँदाहुँदै पनि कतिपय अवस्थामा उत्पन्न हुने कडाशैलीको बोलीले काम कुरो बिग्रने छ । पेशागत जीवनमा सकारात्मक उन्नति हुने छ । आम्दानीमा पनि बृद्धि देखिने छ । धेरै जोखिमले भरिएका क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।
कर्कट
व्यवस्थापकीय क्षमताका कारण मानिस अनुसार गर्नु पर्ने व्यावहार गर्न जान्ने हुन्छ । बाठो खालको व्यक्तित्व हुने हुँदा जस्तो सुकै परिस्थितिमा पनि आफुलाई फाइदा हुने गरी दृष्टिकोण बनाउन सकिने छ । रिस भने कडा हुने भएकाले विचार पुर्याउनु होला । शिक्षा क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । अरु क्षेत्रमा रहेकाहरुलाई औसत रहने छ ।
सिंह
सबैसँग मिल्ने मिलनसार खालको स्वाभाव बन्ने छ । नरम प्रकृतिको व्यवहार हुने हुँदा अरुले सकारात्मक रुपमा लिने छन् । पेशागत जीवनमा धेरै उत्साहि हुने समय देखिँदैन् । व्यवस्थापकीय भूमिकामा रहेकाहरुले निकै सतर्क रहेर पाईला चाल्नु होला । आर्थिक पक्षमा नोक्सानी व्योहर्नु पर्ने देखिएको छ ।
कन्या
दुविधाले धेरै सताउने छ । भाग्यले साथ नदिएका कारण कार्यसफलता ढिला गरि थोरै मात्र प्राप्त हुने छ । पेशागत क्षेत्रमा पनि निर्णय लिन निकै कठिन हुने हुँदा निर्णयहिनता जस्तो देखिने छ । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने छन् । तामसी क्षेत्रको व्यवसायमा आवद्धहरुले धेरै जोखिम नलिनु उपयुक्त हुने देखिन्छ ।
तुला
पेशागत जीवनमा उन्नति प्रगति प्राप्त हुने छ । साझेदारीमा गरिएका कार्यहरुमा भने तनावको अवस्था आउने छ । मनोबल र आत्मबल बलियो रहने छ । आफुले लिएका सपनाप्रति दृढतापूर्वक अघि बढ्ने व्यक्तित्व हुने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । परिवारमा मधुरताको अभाव हुने छ ।
वृश्चिक
मधुरखालको व्यक्तित्व हुने भएकाले अरुसँग घुलमिल हुन सहजता हुने छ । भाग्यको साथ रहेका कारण चालेका कदमहरु सफल हुने छन् । दाम्पत्य जीवनमा भने केही असमझदारीहरु सृजना हुने भएकाले सचेत रहनु नै वेश हुने छ । साझेदारीमा गरिएका कामहरु अड्किने छन् । आर्थिक पक्ष धेरै सवल नभए पनि धेरै कमजोर पनि हुने छैन् ।
धनु
उद्यमशिल स्वाभाव भए पनि चुनौतिहरु विद्यमान रहने छन् । फराकिलो सोच भएको बौद्धिक व्यक्तित्व हुनेछ । प्रतिष्पर्धात्मक क्षमतामा भने कमि आउनाले आत्मविश्वासको कमि हुने छ । धेरै जोखिमपूर्ण कार्यहरु भन्दा सहजतापूर्वक कार्यहरुलाई अघि बाउँदा उपयुक्त हुने छ । परिवारमा मिलन र सौहाद्रपूर्ण वातावरण रहने छ ।
मकर
मनमा उत्साह र उमङ्गको कमि हुने छ । धेरै उत्ताउलो कदमहरु भन्दा सामान्य कदमहरुमा जोड दिँदा उपयुक्त हुने देखिन्छ । धैर्यताको कमि हुने र हतासोपना देखिनेछ । आफुमा भएको बौद्धिकताको पनि उपयोग हुन सक्ने छैन् । अध्ययन, अध्यापनमा प्रगति हुन सक्ने छैन् । आर्थिक अवस्था औसत रहने छ । पैतृक सम्पत्तिका विषयमा तनावपूर्ण वातावरण उत्पन्न हुने छ ।
कुम्भ
पेशागत जीवनबाट लाभ मिल्ने छ । आर्थिक रुपमा सहजता उत्पन्न हुँदा मनोबलमा बृद्धि हुने छ । सामाजिक सेवामा सक्रिय हुन मन लाग्ने छ । आफन्तजनसँगको मिलनले मन प्रफुल्लित हुने छ । यात्रामा समस्या उत्पन्न हुने छ । स्वास्थ्य अवस्थामा सकारात्मक प्रगति हुने छ । पारीवारिक साथले गर्दा असजिलो परिस्थितिमा सँहालिन मद्धत पुग्ने छ ।
मीन
उच्च मनोबल विकास हुने छ । तर रिस नियन्त्रणमा भने ध्यान दिनु पर्ने छ । झैझगडाको अवस्थामा फस्ने चुनौति देखिएकाले विचार पुर्याउनु होला । बोलीमा नरमपना ल्याउन प्रयास गर्नु होला । दाम्पत्य जीवनमा झैझगडाको अवस्था रहने छ । पेशागत क्षेत्र औसत खालको भए तापनि साझेदारीमा भए गरेका कामहरुमा द्वन्दात्मक अवस्था आउने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)










आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
केन्द्रीय समिति बैठकमा गगन थापाले भने– ‘मैले गल्ती गरेकै हो’
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया