मंगलबार, पुष ८, २०८२

देशभर चिसो बढ्ने, सुरक्षित हुन महाशाखाको आग्रह

मेरोन्यूज २०७८ मंसिर २९ गते ६:५७

काठमाडौँ । नेपालमा पछिल्लो केही दिनदेखि पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण पहाडी भागमा आंशिक बदली रही देशका अन्य भागमा मौसम सामान्यतया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै, राति पनि पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै आज, देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया