मंगलबार, पुष ८, २०८२

बर्दिया–बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु हुने

मेरोन्यूज २०७८ मंसिर २९ गते ७:४४

काठमाडौँ । बर्दिया–बाँके राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु हुने भएको छ । गणना फागुन अन्तिमसम्म सकिने योजना रहेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतले आजदेखि बाघ गणना सुरु हुने जानकारी दिए । अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार एक औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना हुने भएको हो ।

बाघ गणना गर्न बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरिएको छ । गणनामा प्रविधिसहित ९८ जना जनशक्ति खटिने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जेड एस एल नेपालको संयुक्त पहलमा बाघ गणना थालिएको हो ।

सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर बनाउने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया