सुनिता र प्रतापको ‘मायाको डोरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । गायिका सुनिता दुलाल र गायक प्रताप दासको स्वरमा सजिएको ‘मायाको डोरी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो सुनिता दुलाल युट्युब च्यानलमार्फत बजारमा आएको हो ।
गीतमा बबिता बानियाँ जेरीको शब्द तथा संगीत रहेको छ । कमल सौरागले संगीत संयोजन गरेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ÷मास्टरिङ गरेका हुन् । भिडियोमा अभिनेता पल शाह, अभिनेत्री केकी अधिकारी, मोडल अन्जना रसाइली, भोजराज शर्मा, निमा ल्हामु शेर्पा लगायतलाई देख्न सकिन्छ ।
काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको छ । भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन् । यो गीतलाई राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको हो । यसअघि सुनिता र प्रतापले गाएको बाँसको कप्टेरो बोलको गीतले सर्वाधिक चर्चा पायो । यो सँगै सुनिताको ‘मुखैमा चिनी’, ‘चुरा टीका लाली’, ‘झम्के फुली’, ‘माया वास्तै नगर्नी’, ‘यसपाली नि दर खाने’ लगायतका गीत हिटको सूचीमा छन् ।
















सभामुखमा अर्याल निर्विरोध निर्वाचित, शपथ ग्रहण आजै
नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सुनचाँदीको मूल्य स्थिर
खोजी अभियान : चार दिनमा २ सय २६ जना पक्राउ
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया