मंगलबार, पुष ८, २०८२

सशस्त्र प्रहरीको एघार अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

मेरोन्यूज २०७८ मंसिर २९ गते २०:५६

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुर्करर भएका ११ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बिशेष बढुवा भएका एक अधिकृतलाई समेत सशस्त्र प्रहरी उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरे ।

गृहमन्त्रिस्तरको मंसीर १३ गतेको निर्णयले ११ जना अधिकृतहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका हुन् भने गृहकै मंसीर १९ गतेको निर्णयले एक जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका हुन् ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न पूर्णव्यावसायिक भई अनुशासित रुपमा कृयाशिल रहन निर्देशन दिए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया