बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ पुष १ गते ६:३५
काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका ७ दुर्गापुरमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ना ५ ख ७९३७ नम्बरको बस र मे. ७ प. २८४६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ बस्ने ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका चन्द्र बहादुर राई रहेका छन् ।
उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस चालक सरोज ढकाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया