भीम रावलको एमालेलाई नै प्रश्न : एमसीसी पास गर्न संसद अवरोध गरिएको त होइन ?

काठमाडौं । नेकपा एमालेमा केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका नेता भीम रावलले आफ्नै पार्टी एमालेमाथी प्रश्न उठाउँदै संसदको अवरोध एमसीसी पास गर्न त होइन भनी प्रश्न गरेका छन् । एमालेले सभामुख अगिन प्रसाद सापकोटको कार्यशैलीमाथी प्रश्न उठाउँदै गरिरहेको संसदको अवरोध प्रति असन्तुष्टि जनाउादै रावलले सरकारका काम कारवाही पनि चल्न दिईरहने र संसदमा होहल्ला गरेर अवरोध गरेजस्तो पनि गरिरहने शैली एमसीसी पारित गर्न चाहिलएको खेल त होइन भनी प्रश्न उठाएका हुन् ।
सामाजिक सन्जालमा रावलले लेखेका छन् – सरकारका कामकार्वाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।
एमालेले माधव नेपालहरुलाई कारवाही सभामुले नगरेको भन्दै संसदमा अवरोध गदै आईरहेको छ । मंसिर २८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले वेल घेराउ गरेको थियो । एमालेको विरोधका कारण संसदको बैठक यही पुस ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।











बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
रवि र बालेन भित्र छलफलमा, सुधन गुरुङले बाहिरबाट लगाइदिए ताला
त्रिविका १६ हजार विद्यार्थी दीक्षित
४ किलो कोकिनसहित सिनामङ्गलबाट तीन जना पक्राउ
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया