भीम रावलको एमालेलाई नै प्रश्न : एमसीसी पास गर्न संसद अवरोध गरिएको त होइन ?

काठमाडौं । नेकपा एमालेमा केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका नेता भीम रावलले आफ्नै पार्टी एमालेमाथी प्रश्न उठाउँदै संसदको अवरोध एमसीसी पास गर्न त होइन भनी प्रश्न गरेका छन् । एमालेले सभामुख अगिन प्रसाद सापकोटको कार्यशैलीमाथी प्रश्न उठाउँदै गरिरहेको संसदको अवरोध प्रति असन्तुष्टि जनाउादै रावलले सरकारका काम कारवाही पनि चल्न दिईरहने र संसदमा होहल्ला गरेर अवरोध गरेजस्तो पनि गरिरहने शैली एमसीसी पारित गर्न चाहिलएको खेल त होइन भनी प्रश्न उठाएका हुन् ।
सामाजिक सन्जालमा रावलले लेखेका छन् – सरकारका कामकार्वाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।
एमालेले माधव नेपालहरुलाई कारवाही सभामुले नगरेको भन्दै संसदमा अवरोध गदै आईरहेको छ । मंसिर २८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले वेल घेराउ गरेको थियो । एमालेको विरोधका कारण संसदको बैठक यही पुस ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
















अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया