चौथो राष्ट्रिय झण्डा दिवस मनाइयो

काठमाडौँ । आज चौथोँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । ‘राष्ट्रिय झण्डाको सम्मान, राष्ट्रको शान राष्ट्रको स्वाभिमान’ भन्ने नाराका साथ झण्डा दिवस मनाइएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको अगुवाइमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सांस्कृति र्यालीसहित झण्डा दिवस मनाइएको हो ।

राष्ट्रिय पोशाक संरक्षणका अभियन्ता राजानन्द माण्डव्यको परिकल्पानमा वि.सं.२०७५ सालदेखि राष्ट्रिय झण्डा दिवस मनाउन सुरु गरिएको हो । विश्वव्यापी रुपमा अलग पहिचान बोकेको झण्डाको सम्मानका लागि दिवस मनाउन सुरु गरिएको उनको भनाइ छ । पछिल्लो समय झण्डाको बढ्दो दुरुपयोगको अन्त्य गरी राष्ट्रध्वजको अपमान रोक्नका लागि झण्डा दिवसले अहम भूमिका निर्वाह गरेको माण्डव्यले जानकारी दिए । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका माण्डव्यले झण्डाको महत्व र गरिमा बुझाउन यो अभियानले सहयोग गरेको बताए ।

राष्ट्रिय झण्डा दिवस काठमाडौंसहित हटौंडा, चितवन र बटुबलमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । सन् १९६२ डिसेस्बर १६ तारिखका दिन अर्थात् वि।सं।२०१९ पुस १ गतेका दिन संयुक्त राष्ट्र संघमा नेपालको हालको राष्ट्रिय झन्डालाई अंगिकरण गरेको सुखद दिनको सम्झनामा २०७५ सालदेखि राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको उनको भनाइ छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया