इमान्दारिता र परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु : गगन थापा
मेरोन्यूज
२०७८ पुष १ गते १६:४९

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित गगनकुमार थापाले आफ्नो इमान्दारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि केन्द्रीय पार्टी कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै थापाले आफूलाई थाक्ने र चुक्ने सुविधा नभएका बताएका हुन् ।
उनले महाधिवेशनमा आफूले पाएको मतको न्याए गर्ने बताए । उनले भने, ‘मैले यो मतप्रति न्याय गर्छु । मसँग एक दिन पनि चुक्ने र थाक्ने सुविधा छैन । म अझै इमान्दारिपूर्वक र परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु ।’ उनले महाधिवेशनमा कांग्रेसको नेतृत्व बदल्ने मौका भएपनि महाधिवेशनले त्यो म्याण्डेट नदिएकाले यसलाई स्वीकार्नुपर्ने बताए । उनले महामन्त्रीको हैसियतले सभापतिले गल्ती गर्न लागे घचघच्याउने बताए ।
सम्बन्धित














सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया