बिहीबार, पुष १०, २०८२

इमान्दारिता र परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु : गगन थापा

मेरोन्यूज २०७८ पुष १ गते १६:४९

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित गगनकुमार थापाले आफ्नो इमान्दारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि केन्द्रीय पार्टी कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै थापाले आफूलाई थाक्ने र चुक्ने सुविधा नभएका बताएका हुन् ।

उनले महाधिवेशनमा आफूले पाएको मतको न्याए गर्ने बताए । उनले भने, ‘मैले यो मतप्रति न्याय गर्छु । मसँग एक दिन पनि चुक्ने र थाक्ने सुविधा छैन । म अझै इमान्दारिपूर्वक र परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु ।’ उनले महाधिवेशनमा कांग्रेसको नेतृत्व बदल्ने मौका भएपनि महाधिवेशनले त्यो म्याण्डेट नदिएकाले यसलाई स्वीकार्नुपर्ने बताए । उनले महामन्त्रीको हैसियतले सभापतिले गल्ती गर्न लागे घचघच्याउने बताए ।

प्रतिक्रिया