शुक्रबार, वैशाख ११, २०८३

अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने छौँ : प्रधानमन्त्री शाह

मेरोन्यूज २०८३ वैशाख ११ गते १७:५८

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याउने बताएका छन् ।

Advertisement
NiccNicc

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्ताे बताएका हुन् । उनले अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने र देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताए ।

‘काठमाडौंका खोलाकिनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन् । अनि देशभर लाखौँ सुकुम्वासी छन् । त्यहाँको र यहाँको समस्या विल्कुलै फरक हो । हामी सरकारमा छौँ । अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ,’ प्रधानमन्त्रीले लेखेका छन् ।

सकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने गरेको वाचा आफूले नबिर्सिएको भन्दै उनले त्यसलाई पुरा गर्न आन्तरिक रुपमा काम गरिरहेको बताएका छन्।

प्रधानमन्त्री शाहले थापाथली, गैरीगाउँ, मनोहरालगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेकाहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको उल्लेख गरेका छन्।

नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया