एन्फाको बैठक राख्न माग

काठमाडौँ । अखिल नेपाल फुटबल संघ ९एन्फा० का तीन उपाध्यक्षसहित सात केन्द्रीय सदस्यले केन्द्रीय कार्य समितिको बैठक राख्न माग गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा र वीरबहादुर खड्कासहित सदस्यहरु किरण राई, दिनेश व्यञ्जनकार, निरोज खड्गी र दावा लामाले बैठक बस्न एन्फामा आज पत्र दर्ता गराएका छन् ।
अध्यक्षलाई सम्बोधन गर्दै एन्फाको केन्द्रीय कार्यसमितिको बैठक लामो समयदेखि बस्न नसकिरहेको कारण फुटबल खेलको विकासको सम्बन्धमा विभिन्न महत्वपुर्ण विषयमाथि छलफल हुन बाँकी रहेकाले बैठक बस्न आवश्यक रहेको पत्रमा उल्लेख छ ।
आगामी २०७९ वैशाख महिनामा संघको साधारण सभा र निर्वाचन गर्नुपर्ने भएकोले पनि तत्काल बैठकबाट जिल्ला, प्रदेश र केन्द्रको साधारणसभा तथा निर्वाचन सम्बन्धी कार्यतालिका लगायत फुटबल खेलको विकाससँग सम्बन्धीत जिल्ला, प्रदेश, ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन, राष्ट्रिय लिग सञ्चालनबारे छलफल गर्न आवश्यक देखिएको पत्रमा उल्लेख छ ।
“अन्य आवश्यक विषयमा समेत छलफल गर्नको लागि संघको अध्यक्षलाई पटकपटक अनुरोध गर्दा पनि बेवास्ता गर्नुभएकाले संघको विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमिति बैठक आयोजनाको माग गर्दछौं”, पत्रमा भनिएको छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया