फेवातालको किनारमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा यही पुस १२ देखि १६ गतेसम्म ‘पामे चलचित्र महोत्सव’ हुने भएको छ । नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवद्र्धन गरी कला, साहित्य, संगीतलाई विश्वभर पुर्याउने लक्ष्यसहित नेपाल संस्कृति केन्द्रले महोत्सव आयोजना गरेको हो ।
महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनी, कलाका सम्पूर्ण विधा, सगीत, साहित्य, विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा नेपाली खानाका विभिन्न परिकारसमेत प्रवद्र्धन गरिने आयोजकले जनाएको छ । महोत्सवमा विश्वका २० राष्ट्रका २०० भन्दा बढी चलचित्र एवं कला क्षेत्रका हस्ती, उद्यमी, साहित्यकार, सगीतकार, लेखक सहभागी हुने भएका छन् ।
उनीहरूका बीचमा कला क्षेत्रलाई अन्तर्राष्ट्रियकरण र स्तरीकरण गर्नेबारेमा छलफल गरिने र चलचित्र बजारका सम्भावनालगायत विविध विषयमा मन्थन हुने महोत्सवका संयोजक प्रवीण कार्कीले बताए ।
उनका अनुसार महोत्सवमा चलचित्रको विश्व रंगमञ्चका उत्कृष्ट विधाहरूमा उत्कृष्ट, कलात्मक सिर्जना, प्रस्तुति पस्कने चलचित्रकर्मीको प्रोत्साहन र विश्व बजारमा पहिचान निर्माणका लागि पुरस्कृतसमेत गरिने छ । उनले भने, “पोखराको पर्यटन एवं नेपालको रङ्ग क्षेत्रलाई चलायमान गराउने अभियानमा पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निरन्तर अगाडि बढेको छ । महोत्सवमा विश्वभरबाट आएका लामा चलचित्र, छोटा चलचित्र एवं बृत्तचित्र गरी ९४ वटा दृश्यचित्रको प्रस्तुति रहन्छ ।”
महोत्सवका अवसरमा कथानक चलचित्र पुरस्कार, लघु चलचित्र पुरस्कार, वित्तचित्र पुरस्कार, विद्यार्थी चलचित्र पुरस्कार, चलचित्र क्रिटिक पुरस्कार र अडियन्स चोइस विधामा अवार्ड र पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
कथानक चलचित्र पुरस्कार राशि एक लाख ५० हजार तथा अन्यको ६० हजार रुपैयाँ रहेको छ । महोत्सव कला, साहित्य र चलचित्रको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई भित्र्याउन भूमिका खेल्ने विश्वास आयोजकको छ ।
















भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया