बुधबार, पुष ९, २०८२

पार्टी कामलाई प्रभावकारी बनाउन ओलीको निर्देशन

मेरोन्यूज २०७८ पुष २ गते ११:२०

काठमाडौँ । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनको दिशा निर्देशअनुरुप पार्टी र जनसंगठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्य योजना प्रभावकारी रुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

महाधिवेशनपछि आज पहिलोपटक अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन र दशौँ राष्ट्रिय महाधिवेशन अभुतपूर्व र ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको तथा निर्वाचित केन्द्रीय कमिटीले आफ्नो काम योजनाबद्ध रुपमा आरम्भ गरिसकेको जनाए ।

गत मंसिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक मंसिर १४ गते सौराहामा र दोस्रो बैठक मंसिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको थियो ।

अपानिमा तीन बैठकमा निर्णयहरु समावेश गरिएको छ । दोस्रो बैठकले केन्द्रीय कमिटीमा मनोनयन, नेताको कार्यविभाजन, पार्टी प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका लागि योजना निर्माण, जनसङ्गठनको सुदृढीकरणलगायतका विषयमा निर्णय गरेको थियो ।

“हामीले महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र कार्यभार पूरा गर्नेगरी पार्टी कामलाई पुनःव्यवस्थित, सुदृढ र एकताबद्ध बनाउनु आवश्यक छ,” एमालेका अध्यक्ष ओलीको अपानिमा भनिएको छ ।

प्रतिक्रिया