पार्टी कामलाई प्रभावकारी बनाउन ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनको दिशा निर्देशअनुरुप पार्टी र जनसंगठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्य योजना प्रभावकारी रुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
महाधिवेशनपछि आज पहिलोपटक अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन र दशौँ राष्ट्रिय महाधिवेशन अभुतपूर्व र ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको तथा निर्वाचित केन्द्रीय कमिटीले आफ्नो काम योजनाबद्ध रुपमा आरम्भ गरिसकेको जनाए ।
गत मंसिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक मंसिर १४ गते सौराहामा र दोस्रो बैठक मंसिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको थियो ।
अपानिमा तीन बैठकमा निर्णयहरु समावेश गरिएको छ । दोस्रो बैठकले केन्द्रीय कमिटीमा मनोनयन, नेताको कार्यविभाजन, पार्टी प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका लागि योजना निर्माण, जनसङ्गठनको सुदृढीकरणलगायतका विषयमा निर्णय गरेको थियो ।
“हामीले महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र कार्यभार पूरा गर्नेगरी पार्टी कामलाई पुनःव्यवस्थित, सुदृढ र एकताबद्ध बनाउनु आवश्यक छ,” एमालेका अध्यक्ष ओलीको अपानिमा भनिएको छ ।
















Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया