देउवा-प्रचण्ड भेटवार्ता
एमसीसीका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइने

काठमाडौं । सत्ता गठवन्धन दलले नेपालमा विवादित बनिरहेको र अल्झिरहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता सदनमा अनुमोदन गर्ने÷नगर्ने भन्ने विषयमा छलफल गर्न सर्वदलीय वैठक बोलाउने भएका छन् । शुक्रवार विहान प्रधानमन्त्री शेरवहादुर देउवा र सरकारकै अर्काे घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का वीचमा भएको छलफलले सर्वदलीय बैठक बोलाएर यस विषयमा छलफल गर्ने समझदारी बनेको हो ।
अमेरिकाले यस विषयमा अझै पनि नेपालप्रति पर्ख र हेरकै नीति अवलम्वन गरिरहेको सन्र्दभमा नेपालको सत्तारुढ दलले भने आम सहमति जुटाउनका लागि सर्वदलीय वैठक बोलाउने तयारी गरेको हो । प्रधानमन्त्री देउवा अवको पुस ६ गते बस्ने संसदको बैठकमा नै यस विषयलाई लैजाने तयारी गरिरहेका छन् । सभामुखलाई मनाउन सञ्चारमन्त्री ज्ञानेन्द्र वहादुर कार्की र कांगैस नेतृ पुष्पा भुसाल तथा एमालेसँग सहमति जुटाउन कानुनमन्त्री दिलेन्द्रप्रसाद बढुलाई परिचालन गरिरहेका छन् ।
सत्ता गठवन्धन दलका एमसीसी अनुमोदन गराउन नहुने भन्ने पार्टी र नेतालाई भने देउवाले एकपटक संसदमा लैजाने वातावरण मात्र बनाउन सहयोग गर्न आग्रह गदै आएका छन् । पास फेल जे भएपनि गठवन्धनमा कुनै असहज नहुने र त्यसलाई सदनमा मात्र लगेर जान दिन देउवाले आग्रह गरिरहेका छन् । तर एमालेले भने सत्ता गठवन्धन भत्काउने शर्तमा आफुहरु कांग्रेसलाई सहयोग गर्न सक्ने सन्देश ओलीले देउवालाई पठाएका छन् ।
यो वेला माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाको बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा दुई नेतावीच सर्वदलीय बैठक बोलाई छलफल गर्ने समझदारी बनेको हो ।
‘भेटका अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो’, देउवा–प्रचण्ड भेटपछि प्रचण्डको सचिवालयले भनेको छ ।
अव त्यस्तो बैठक प्रधानमन्त्रीले आइतबारसम्ममा बोलाउने गरी प्रधानमन्त्रीलाई जिम्मा दिईएको छ । वैठकमा एमालेलले निरन्तर गरिरहेको संसद अवरोधका बारेमा पनि छलफल गर्ने गरी सर्वदलीय बैठक बोलाउने विषयमा प्रचण्ड र देउवाका वीचमा छलफल भएको हो ।
प्रतिक्रिया