साफ महिला फुटबल च्याम्पियनसिप : नेपालले भूटानको सामना गर्ने

काठमाडौँ । उन्नाइस वर्षमुनि (यू–१९)को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग सामना गर्ने भएको छ ।
बंगलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रंगशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ । सो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।
भूटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जीतको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउनका लागि पनि नेपाललाई भूटानविरुद्धको खेल जित्नैपर्ने छ । जारी प्रतियोगितामा नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गरेको थियो ।
भूटानले तीन खेलबाट ३ अंक जोडेको छ । चौथो स्थानमा रहेको भूटानले पहिलो खेलमा श्रीलंकलाई ५–० गोलले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग भूटान ६–० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।
भारत दुई खेलमा जित हासिल गर्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । त्यस्तै समान दुई खेल खेलको बङ्गलादेश चार अंकका साथ दोस्रो स्थानमा छ भने पाँचौँमा स्थानमा रहेको श्रीलंका लगातार तीन खेलमा हार बेहोर्दै अंकविहीन छ । श्रीलंका उपाधि होडबाट बाहिरिएको छ । पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।


















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया