आर्मीले सातदोबाटोलाई बराबरीमा रोक्यो

काठमाडौँ । त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अन्डरडग टोली सातदोबाटो युथ क्लबसँग आर्मीले १–१ गोलको बराबरी खेलेको हो । एएफसी कपमा छनोट खेल जित्नैपर्ने दबाबका साथ मैदान उत्रिएको आर्मीलाई बराबरीले धक्का लागेको छ । सातौं चरणको खेल सम्मको लिगबाट क्लब लाइसेन्स प्राप्त गरेको टोलीले एएफसी खेल्न पाउने प्राबधान रहेको अवस्थामा आर्मीलाई बराबरीमा नतिजाले धक्का लागेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भने विभागीय टोलीको क्लब आर्मीले सुरुआती अग्रता निकालेको थियो । १० औं मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बलले जाली चुमेको थियो । त्यस्तै आर्मीविरुद्ध प्रशंसनीय खेल प्रदर्शन गरेको सातदोबाटोले आर्मीको अग्रतालाई धेरै समय टिक्न दिएन । ६ मिनेट पछि नै सातदोेबाटोका अजयी मार्टिन्सले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा अवस्थामा ल्याएका थिए । त्यसपछि अग्रता आर्मीले पहिलो हाफमा निकै संघर्ष गरे पनि सफल हुन सकेन । यस्तै सातदोबाटोले पनि केही राम्रा अवसर सदुपयोग गर्न चुक्यो ।
एक÷एक गोलको बराबरीमा सकिएको पहिलो हाफपछि आर्मीले दोस्रो हाफमा पनि आक्रामक खेल देखायो । तर आर्मीका प्रयास विफल भए । आर्मीका सन्तोष तामाङले ५५औं मिनेटमा गरेको प्रहार माथिल्लो बारबाट बाहिरिएको थियो । ७५ औं मिनेटमा पनि सन्तोषको भलि सटले पोस्टको दिशा लिन सकेन । सातदोबाटोका सेट पिसका अवसर पनि सदुपयोग हुन सकेनन् । बाँकी समयमा दुबै टोलीले गोलका लागि प्रयास गरिरहे पनि सफल हुन सकेनन र खेल बराबरीमा सकियो ।
बराबरीसँगै ५ खेलबाट ९ अंक जोड्दै आर्मी तेस्रो स्थानमा यथावत रहेको छ । दुई अंक गुमाएको आर्मी केही घण्टाका लागि भएपनि शीर्ष स्थानमा उक्लिन बन्चित बन्यो । यता बराबरीपछि सातदोबाटो ८ अंकसहित चौंथो स्थानमा छ । अघिल्लो खेलमा एनआरटीसँग पराजित भएको सातदोबाटो बलियो आर्मीसँग अंक खोस्दै नबप्रवेशी पनि बलियो टोलीको रुपमा प्रमाणित गरेको छ । यस अघि सातदोबाटोले उपाधिदावेदार थ्री स्टारलाई हराउन सफल भएको थियो ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया