कांग्रेसका ८ सहमहामन्त्री : कसले कति मत ल्याएर जिते ?
कांग्रेस सहमहामन्त्रीमा देउवाका ६ र शेखरका २ जना नेताले जितेका छन्

काठमाडौं । नेपाली कांग्रेसको ८ जना सहमहामन्त्री पदका लागि भएको निर्वाचनको पनि मतगणना सार्वजनिक भएको छ । आरक्षण कोटाको ब्यवस्था गरी कांग्रेसले विधानमा ८ जना सहमहामन्त्री रहने ब्यवस्था गरेको थियो । जसअनुसार, खसआर्यतर्फ किशोरसिंह राठौर, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, दलिततर्फ जीवन परियार, आदिवासी जनजातितर्फ भिष्मराज आङ्देम्बे
पिछडिएको क्षेत्रतर्फबाट बद्री पाण्डे, थारुतर्फ उमाकान्त चौधरी र मधेसी तर्फ महेन्द्र यादव निर्वाचित भएका हुन् ।
निर्वाचित ८ सहमहामन्त्री मध्ये महालक्ष्मी उपाध्याय डिना, भिष्मराज आङ्देम्बे, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, उमाकान्त चौधरी गरी ६ जना सभापति शेरवहादुर देउवा तर्फका नेता हुन् । त्यस्तै जीवन परियार र वद्री पाण्डे भने शेखर कोइराला समुहका नेता हुन् ।
सहमहामन्त्रीमा देउवा पक्षले वलियो पकड जमाएको छ । ८ मध्ये ६ सहमहामन्त्री देउवाको समुहका नेताले जितेका हुन् ।
मुश्लिम तर्फका मन्सरले शेख वकीललाई ९०१ मतान्तरले हराउँदै जित निकालेका थिए । मन्सुरले २ हजार ७७६ र वकीलले १ हजार ८७५ मत प्राप्त गरेका थिए । खसआर्यतर्फ किशोरसिंह राठौरले २५७६ मत ल्याएर जितेका हुन् । उनले देवराज चालिसेलाई ५१७ मतान्तरले हराएका हुन् । चालिसेले २०५९ मत पाएका थिए ।
पिछडिएको क्षेत्रबाट शेखर कोइराला पक्षका बद्री पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका जीवनबहादुर शाहीलाई २७८ मतान्तरमा पराजित गर्दै विजयी भएका थिए । पाण्डेले २ हजार ४११ मत प्राप्त गरेका थिए भने कर्णालीका मुख्यमन्त्री रहेका शाहीले २ हजार १३३ मत प्राप्त गरेका थिए ।
मधेसी सहमहामन्त्रीमा महेन्द्र यादवले २ हजार २६ मत प्राप्त गरेर जितेका थिए । उनका प्रतिद्धन्द्धी रामकृष्ण यादवलाई पराजित गरेका थिए । रामकृष्ण यादवले १ हजार ८२० मत पाएका थिए । थारुतर्फ सहमहामन्त्रीमा उमाकान्त चौधरीले तेजुलाल चौधरीलाई ८७९ मतले हराएर विजयी भएका हुन् । चौधरीले २ हजार ७५६ र प्रतिस्पर्धी तेजुलालले १ हजार ८७७ मत पाएका थिए ।
आदिवासी जनजातिमा जितेका आङ्दम्बेले विकास लामालाई पराजित गरेका थिए । २७११ मतका साथ उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। कोइराला समूहका लामाले १९१२ मत ल्याएका थिए । महिला सहमहामन्त्री उपाध्याय २५३३ मत ल्याएर विजयी भएकी थिइन् । उनकी निकटतम् प्रतिस्पर्धी कमला पन्तले २१०५ मत ल्याइन् ।
यस्तै, दलिततर्फ जीवन परियारले देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरेका थिए । परियारले २२१२ मत ल्याए भने विश्वकर्माले २१७५ मत ल्याएका थिए ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया