कांग्रेसका ८ सहमहामन्त्री : कसले कति मत ल्याएर जिते ?
कांग्रेस सहमहामन्त्रीमा देउवाका ६ र शेखरका २ जना नेताले जितेका छन्

काठमाडौं । नेपाली कांग्रेसको ८ जना सहमहामन्त्री पदका लागि भएको निर्वाचनको पनि मतगणना सार्वजनिक भएको छ । आरक्षण कोटाको ब्यवस्था गरी कांग्रेसले विधानमा ८ जना सहमहामन्त्री रहने ब्यवस्था गरेको थियो । जसअनुसार, खसआर्यतर्फ किशोरसिंह राठौर, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, दलिततर्फ जीवन परियार, आदिवासी जनजातितर्फ भिष्मराज आङ्देम्बे
पिछडिएको क्षेत्रतर्फबाट बद्री पाण्डे, थारुतर्फ उमाकान्त चौधरी र मधेसी तर्फ महेन्द्र यादव निर्वाचित भएका हुन् ।
निर्वाचित ८ सहमहामन्त्री मध्ये महालक्ष्मी उपाध्याय डिना, भिष्मराज आङ्देम्बे, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, उमाकान्त चौधरी गरी ६ जना सभापति शेरवहादुर देउवा तर्फका नेता हुन् । त्यस्तै जीवन परियार र वद्री पाण्डे भने शेखर कोइराला समुहका नेता हुन् ।
सहमहामन्त्रीमा देउवा पक्षले वलियो पकड जमाएको छ । ८ मध्ये ६ सहमहामन्त्री देउवाको समुहका नेताले जितेका हुन् ।
मुश्लिम तर्फका मन्सरले शेख वकीललाई ९०१ मतान्तरले हराउँदै जित निकालेका थिए । मन्सुरले २ हजार ७७६ र वकीलले १ हजार ८७५ मत प्राप्त गरेका थिए । खसआर्यतर्फ किशोरसिंह राठौरले २५७६ मत ल्याएर जितेका हुन् । उनले देवराज चालिसेलाई ५१७ मतान्तरले हराएका हुन् । चालिसेले २०५९ मत पाएका थिए ।
पिछडिएको क्षेत्रबाट शेखर कोइराला पक्षका बद्री पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका जीवनबहादुर शाहीलाई २७८ मतान्तरमा पराजित गर्दै विजयी भएका थिए । पाण्डेले २ हजार ४११ मत प्राप्त गरेका थिए भने कर्णालीका मुख्यमन्त्री रहेका शाहीले २ हजार १३३ मत प्राप्त गरेका थिए ।
मधेसी सहमहामन्त्रीमा महेन्द्र यादवले २ हजार २६ मत प्राप्त गरेर जितेका थिए । उनका प्रतिद्धन्द्धी रामकृष्ण यादवलाई पराजित गरेका थिए । रामकृष्ण यादवले १ हजार ८२० मत पाएका थिए । थारुतर्फ सहमहामन्त्रीमा उमाकान्त चौधरीले तेजुलाल चौधरीलाई ८७९ मतले हराएर विजयी भएका हुन् । चौधरीले २ हजार ७५६ र प्रतिस्पर्धी तेजुलालले १ हजार ८७७ मत पाएका थिए ।
आदिवासी जनजातिमा जितेका आङ्दम्बेले विकास लामालाई पराजित गरेका थिए । २७११ मतका साथ उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। कोइराला समूहका लामाले १९१२ मत ल्याएका थिए । महिला सहमहामन्त्री उपाध्याय २५३३ मत ल्याएर विजयी भएकी थिइन् । उनकी निकटतम् प्रतिस्पर्धी कमला पन्तले २१०५ मत ल्याइन् ।
यस्तै, दलिततर्फ जीवन परियारले देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरेका थिए । परियारले २२१२ मत ल्याए भने विश्वकर्माले २१७५ मत ल्याएका थिए ।
















Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया