तपाईंको यो साता कस्तो ?

आज २०७८ साल पौष महिनाको ३ गते शनिबार । राशिअनुसार यस साता कस्तो रहने छ ? प्रस्तुत छ साप्ताहिक राशिफल ।
मेष
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक रहने छ । चालिएका कदमहरु सकारात्मक दिशामा अघि बढ्ने छ । पेशागत जीवनबाट लाभ मिल्ने छ । बाणिको प्रभाव बढ्ने हुँदा अरुको मन जित्न सकिने छ । चिसोजन्य रोग व्याधीको समस्याले च्याप्ने छ । स्वास्थ्यजन्य खर्चको मात्रा बढ्न पुग्ने छ । परिवारमा मिलनको वातावरण भन्दा द्वन्दात्मक अवस्था आउने छ । आर्थिक व्यवस्थापनमा अलि दबाब महशुस हुन जाने छ ।
वृष
यस राशिका व्यक्तिहरुलाई यस साता मध्यम खालको हुने छ । उठाउनु पर्ने रकम उठ्ने छ भने मित्रहरुको साथका कारण उत्साह जाग्ने छ । चालेका कदमहरु अघि बढ्ने छ । पेशागत जीवनमा धेरै प्रगति नभए पनि अशुभ पनि हुने छैन् । बोलीको प्रभाव केही कम हुन जाने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । दाम्पत्य जीवनमा भरोषा बढ्ने छ ।
मिथुन
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक बन्ने छ । आम्दानीमा हुने बृद्धिसँगै तामसी खर्चालु स्वाभाव हुने भएकाले विचार गर्नु होला । पेशागत क्षेत्रमा जिम्मेबारी बृद्धि हुने छ तर मनोवलमा केही कमजोरी देखिँदा हतासोपना आउने छ । बोलीको प्रभाव बढ्ने भएकाले प्रभावकारी सञ्चार क्षमता बढने छ । मनमा दुविधात्मक र असन्तोषपूर्ण विचारले छोड्ने छैन् ।
कर्कट
यस राशिका व्यक्तिहरुलाई यस साता जोखिमले भरिएको हुने छ । आम्दानीमा गिरावट हुन जाँदा दबाब सृजना हुने छ । पेशागत जीवनमा अनुमान गरे भन्दा बढि चुनौतिपूर्ण वातावरणको सामना गर्नु पर्ने छ । मनमा निराशाले गाँज्ने छ । मनोबल दृढ हुँदा हुँदै पनि परिस्थितिसँग निकै डर लागे जस्तो हुने छ । स्वास्थ्य समस्याले पिरोल्ने छ । मित्रहरुसँग द्वन्द बढ्ने र मनमुटाब हुने खतरा भएकाले संयमित रहनु नै उत्तम हुने छ ।
सिंह
यस राशिका व्यक्तिहरुलाई यस साता मध्यम खालको रहने छ । सामाजिक जीवन बलियो हुने छ । राजनीतिमा रहेकाहरुलाई जित हासिल हुने छ । पेशागत जीवनमा औसत यात्रा रहने छ । परिवारको साथका कारण उत्साहको कमि हुने छैन् । आर्थिक व्यवस्थापनमा सहजता उत्पन्न हुने छ । प्रेममा असफलता हात लाग्ने छ । रत्न, आभुषण तथा गहनाहरु हराउने जोखिम देखिएकाले विचार पुर्याउनु होला ।
कन्या
यस राशिका व्यक्तिहरुलाई यस साता चुनौतिपूर्ण रहने छ । चोरीको सामना गर्नु पर्ने छ । धन सम्पत्तिको सुरक्षा र व्यवस्थापनलाई गम्भीरतापूर्वक लिनु होला । कारोवारमा घाटा व्योहर्नु पर्ने छ । आर्थिक असन्तुलनले एक प्रकारको दबाबपूर्ण मनोविज्ञान जबर्जस्ति सृजना गरिदिने छ । बोलीको प्रभाव घट्ने भएकाले बोलीम संयमता अपनाउनु होला । जीवनसाथिको साथले निकै ठुलो मद्धत प्रदान गर्ने छ ।
तुला
यस राशिका व्यक्तिहरुलाई यस साता रचनात्मक बन्ने छ । सृजनशिल कार्यहरुमा सफलता हात पर्ने छ । आँटेका कामहरुमा सफलता प्राप्त हुने र नकारात्मकता घटेर जाने छ । मनोबल उच्च भएको र दृढताले भरिएको व्यक्तित्व हुने छ । परिवारको साथले उन्नति तथा प्रगतिमा ठुलो टेवा दिने छ । जीवनसाथिको साथ पनि उत्साही प्रकृतिको रहने छ । पेशागत जीवन सन्तुलित रहने छ । आर्थिक पक्ष अनुकुल रहने छ ।
वृश्चिक
यस राशिका व्यक्तिहरुलाई यस साता कठिनाईबाट गुज्रनु पर्ने छ । राम्रै गर्न खोज्दा पनि अपजस प्राप्त हुँदा निराका लहर मनमा आउने छ । भाग्यको साथ छैन् । धेरै मेहनतका बाबजुद पनि प्रतिफल शुन्य प्राय हुने छ । सामाजिक क्षेत्रबाट आफुलाई आलोचना गर्नेहरु धेरै हुने छन् । आफुले विश्वास गरेकाहरुबाट धोका व्योहर्नु पर्ने चुनौति भएकाले अड्कल गरेर मात्र विश्वास गर्नु भए ठिक हुने छ ।
धनु
यस राशिका व्यक्तिहरुलाई यस साता औसत खालको रहने छ । झैभगडाको अवस्थाले तनाव थप्ने छ । अनावश्यक झैझमेलामा अड्कनु पर्ने र त्यसले आर्थिक तनाव थपि दिने छ । मुद्धा मामिला तथा अड्डा अदालत र प्रशासनिक झमेलामा अल्झिनु पर्ने छ । कुलत जस्ता क्षेत्रमा सँलग्न हुने खतरा रहेकाले संयमित रहनु होला । पेशागत जीवन औसत खालको रहने छ । आर्थिक पक्ष पनि औसत खालकै रहने छ ।
मकर
यस राशिका व्यक्तिहरुलाई यस साता मध्यम प्रकृतिको हुने छ । पेशागत जीवनमा भुमिका नबढे पनि कामको कदर भने हुने छ । आर्थिक पक्ष पनि सवल रहने छ । नयाँ नयाँ काममा हात हाल्ने र एक हदसम्म सफलता मिल्ने छ । परिवारमा भने तनावपूर्ण वातावरण हुने भएकाले विचार पुर्याउनु होला । परिवारका अन्य सदस्यहरुको भने आड र भरोषा प्राप्त हुने छ । मनमा अन्योलताले छोड्ने छैन् ।
कुम्भ
यस राशिका व्यक्तिहरुलाई यस साता केही सुधार आउने छ । आम्दानीमा बृद्धि नभए पनि कमि पनि हुने छैन् । पेशागत जीवनमा सकारात्मक सोच र गति पैदा हुने छ । मित्र मिलन हुने छ भने मित्रहरुको साथ र समर्थन पनि प्राप्त हुने छ । स्वास्थ्यमा सुधार आउने छ । तर निन्द्रामा समस्या आउने र नकारात्मक विचारले भने सताउने छ । मनले आँटेका कुराहरु सकारात्मक ढंगमा अघि बढ्ने छ । झैझगडाबाट भने बच्नु होला ।
मीन
यस राशिका व्यक्तिहरुलाई यस साता औसत प्रकृतिको बन्ने छ । पेशागत जीवनमा आलोचना गर्नेहरु मत्थर हुने छन् । आर्थिक व्यवस्थापनमा सहजता देखिने छ । अध्ययन अधयापनमा बढोत्तरी हुने छ । यात्रामा सफलता मिल्ने छ । प्रतिष्पर्धात्मक क्षमता बलियो हुने भएता पनि निर्णय क्षमतामा भने कमजोरी देखिने छ । विश्वास गरेका मित्रहरुबाटै धोका हुने चुनौति देखिएकाले सतर्क रहनु होला । दुव्र्यसनबाट टाढा रहने प्रयास नै उत्तम हुने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)











यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया