बिहीबार, वैशाख २४, २०८३

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा

मेरोन्यूज २०८३ वैशाख २४ गते १८:५४

काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिबाट राजीनामा दिएका छन्। स्वार्थ बाझिने देखिएपछि उनले राजीनामा बुझाएका हुन्।

Advertisement
NiccNicc

सरकारले उपाध्यक्ष भट्टको संयोजकत्वमा धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन गरेको थियो।

समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवनकुमार दाहाल रहेका थिए।

भट्टका दाइले सो पदको लागि आवेदन दिएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन्।

बोर्डको अध्यक्ष पदका लागि कुल ४७ जनाले आफ्नो विवरण बुझाएका छन्।

प्रतिक्रिया