प्रदेश नं १ र लुम्बिनी प्रदेशको विजयी सुरुवात

काठमाडौँ । धनगढीमा आजदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा प्रदेश नं १ र लुम्बिनी प्रदेश विजयी सुरुआत गरेका छन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताअन्तर्गत आज पहिलो दिनको खेलमा प्रदेश नं १ ले कर्णाली प्रदेशमाथि १६० रनको फराकिलो जित दर्ता गरेको छ । यस्तै लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई सात विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं १ ले कप्तान रुविना क्षेत्री र अप्सरी वेगमको अर्धशतकको मद्दतमा २० ओभरमा दुई विकेट क्ष्यतिमा १६६ रन बनायो । कप्तान क्षेत्रीले १० चौका र अप्सरीले ५ चौका प्रहार गरिन् । प्रदेश १ ले २९ रन अतिरिक्त पाएको पायो । कर्णालीका लागि दिव्या धामीले दुई विकेट लिए ।
प्रदेश एकले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णालीले ११ दशमलब चार ओभर खेल्दा सबै विकेट गुमाएर छ रन मात्र बनाउन सक्यो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक/एक रन बनाउँदा सात जना खेलाडी भने शून्यमा आउट भए । प्रदेश नम्बर १ का लागि अलिशा खडियाले पाँच, संगिता राईले दुई र सबनभ राईले एक विकेट लिए । पाँच विकेट लिएकी अलिशा ‘प्लेयर अफ द म्याच’ भइन् ।
आजै भएको अर्को खेलमा बागमती प्रदेशमाथि लुम्बिनी प्रदेशले जित दर्ता गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले २० ओभरमा सात विकेटको क्ष्यति ब्यहोर्दै ७५ रन बनायो । बागमतीका लागि हेलिशा गुरुङले २८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् ।
बागमतीले १५ रन अतिरिक्त पायो । लुम्बिनीका लागि मधु डिसीले तीन विकेट र सुस्मिता भुसालले दुई विकेट लिइन् । नेरी थापा र कप्तान सरस्वती जिएमले एक/एक विकेट लिइन् । जवाफी ब्याटिङमा उत्रेको लुम्बिनी प्रदेशले १२ दशमलव पाँच ओभरमा तीन विकेट क्षतिमा विजय लक्ष्य हासिल गरेको छ । लुम्बिनीलाई जिताउन कप्तान सरस्वती जिएमले सर्वाधिक २९ रन बनाउनुभयो भने नितु भण्डारीले १४ रन बनाइन् ।
टिमले १४ रन नै अतिरिक्त पायो । बागमतीका लागि अस्मिना कर्माचार्य, आरती विडारी र खुशी डङ्गालले एक÷एक विकेट लिइन् । लुम्बिनीका लागि तीन विकेट लिएकी मधु डिसी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । नेपाल क्रिकेट संघ र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले उद्घाटन गरेका थिए ।
पुस ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशका सात प्रदेश र एक विभागीय गरी आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमले पाँच लाख, द्वितीय हुनेले तीन लाख, ‘ओम्यान अफ द सिरिज’ २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट ब्याट्स ओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले र दुई हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया